ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
पर्रोहा बोलबमधाममा नन्दी भगवानको प्राण प्रतिष्ठा

बोलबमधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक स्थलको रूपमा विकास गर्नुपर्छः अर्थमन्त्री पौडेल

७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

सैनामैना, ७ साउन ।

रूपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबमधाममा शिव भगवानका वाहन नन्दी भगवानको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार विशेष पूजा समारोहका बीच नन्दी भगवानको प्राण प्रतिष्ठा गरेका हुन्।

धाममा सात दिनसम्म सञ्चालन भएका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै यो प्रमुख कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले पर्रोहा बोलबमधामलाई व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । “धामको ऐतिहासिक र धार्मिक महत्व छ, तर संरचनागत अवस्था त्यो स्तरको थिएन,” मन्त्री पौडेलले भने ।

उनका अनुसार स्थानीय गुरुजन, भक्तजन, राजनीतिक प्रतिनिधि तथा नगरवासीहरूसँगको छलफलपछि मुख्य मन्दिरको संरचना निर्माणका लागि गुरुयोजना तयार गरिएको हो। पहिलो चरणमा मूल मन्दिरको सौन्दर्यकरण तथा संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ भने आगामी चरणका कामका लागि बजेट व्यवस्थापन गरिने मन्त्री पौडेलले जानकारी दिए।

सैनामैना नगरको बहुउद्देश्यीय विकास योजना

फरक प्रसंगमा मन्त्री पौडेलले सैनामैना नगरपालिकालाई विकासबाट पछि पर्न नदिने प्रतिबद्धता व्यक्त गरे । “सैनामैनालाई व्यवस्थित र आधुनिक सहरको रूपमा विकास गर्नु मेरो र यहाँका जनताको साझा सपना हो,” उनले भने।

उनका अनुसार यो वर्षदेखि कालिरह बहुउद्देश्यीय योजना सुरु हुनेछ, जसको पहिलो चरणमा बाँध निर्माणको काम अघि बढाइनेछ। यस योजनाले नगरको पर्यावरण संरक्षण तथा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

मन्दिर निर्माणमा ७ करोड खर्च, थप ७ करोडको आवश्यकता

पर्रोहा बोलबमधामको मूल मन्दिर पशुपतिनाथको ढाँचामा, प्यागोडा शैलीमा निर्माण गरिएको हो। मन्दिर व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर कार्कीका अनुसार मन्दिर निर्माणमा संघीय सरकारबाट ५ करोड र सैनामैना नगरपालिकाबाट ३ करोड, गरी कुल ७ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी संरचनाहरूको निर्माणका लागि थप ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ र त्यसका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरिएको छ ।

नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले नगरपालिकाले पर्रोहा बोलबमधामलाई धार्मिक आस्थाको केन्द्रको रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए ।

श्रावणी मेला र बोलबम जलार्पण

गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म एक महिनासम्म चल्ने श्रावणी मेला र बोलबम जलार्पण पर्व अहिले पनि धाममा जारी छ। भक्तजनहरू नवलपरासीको त्रिवेणी, रूपन्देहीको रामघाट, तनहुँको देवघाट, गुल्मीको रिडी, पाल्पाको राम्दी, काठमाडौँको सुन्दरीजल, पशुपतिनाथ, भारतको हरिद्वार, उत्तर प्रदेश, बिहार आदि स्थानहरूबाट गंगाजल ल्याएर शिवलिंगमा अर्पण गर्ने गर्छन्।

विशेषतः सोमबार र शनिबार हजारौं श्रद्धालुहरूको भीड रहने गरेको छ। धाममा शिव महापुराण, कथा प्रवचन, महारुद्राभिषेक, होम, आरती, भजनकृतन लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

कार्यक्रम वरिष्ठ उपाध्यक्ष दुलबहादुर थारुको धन्यवाद ज्ञापन र सञ्चारकर्मी कृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?