Butwal Today

संसदमा ओलीले भने– आर्थिक विचलन भए कारबाही अनिवार्य

७ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदधारी कानुनी दायराभन्दा बाहिर नपर्ने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले आफू ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने राष्ट्रिय संकल्पमा दृढ रहेको बताए।

माओवादी सांसद महेन्द्रबहादुर शाहीले सोधेको प्रश्नको जवाफमा ओलीले देशका कुनै पनि ठाउँमा आर्थिक विचलन वा अनुचित व्यवहार देखिएमा त्यसविरुद्ध कानुनी कारबाही भइरहने र भविष्यमा पनि हुने बताए।

भ्रष्टाचार नियन्त्रणमा सबै तह र निकायको उत्तरदायित्व बराबर हुने उल्लेख गर्दै उनले कानूनको पालना सबैका लागि अनिवार्य हुने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?