ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बर्दियामा सामुदायिक वनबाट २५ करोड आम्दानी

७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

बर्दिया,०७ साउन ।

बर्दियामा ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत दिगो वन व्यवस्थापन तथा सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । वन व्यवस्थापनपछि आम उपभोक्ता खुसी भएका छन् ।

बर्दियामा २ सय ७९ वटा सामुदायिक रहेका छन् । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र करिब २० हजार ४ सय ९२ दशमलव ९१ हेक्टर वन क्षेत्र रहेको छ । जुन पहिला भन्दा केही मात्रमा व्यक्तिगत वन वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ देखि ९० वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापन तथा सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य योजना बनाई वन व्यवस्थापन भएको छ । ५ लाख सेफ्टी काठ उत्पादन भएको छ ।

वन सम्वद्र्धनका मुख्य ३ कुराहरू रहेका छन् । बुढा रुख काट्ने, नयाँ बिरुवा उमार्ने र पहिले उम्रिएका बिरुवालाई हुर्काउने । काट्ने, उमार्ने हुर्काउने प्रक्रिया निरन्तर चलिरहन्छ ।

संवर्द्धन प्रणाली लागू भएपछि आम उपभोक्ताहरूले समयमा घर बनाउन सहज तरिकाले काठ दाउरा उपलब्ध हुनुको साथसाथै रोजगारी आय–आर्जनमा टेवा पुगेकाले खुसी भएका छन् । जिल्लाको ९० ओटा सामुदायिक वनबाट आर्थिक बर्ष २०८१/०८२ सम्म आउँदा वन उपभोक्त्ता समूहका काठ बिक्री वितरण बाट २५ करोड रुपैयाँ जम्मा भएको छ ।

जसमध्ये राज्यलाई ४ करोड राजश्व प्राप्त भएको छ । सामुदायिक वनमा आम्दानी भएको रकम १ सय प्रतिशतबाट विभिन्न शीर्षकमा खर्च गर्नुपर्ने हुन्छ । ४० प्रतिशत संरक्षण तथा वन व्यवस्थापन गर्नुपर्छ ।

६० प्रतिशत मध्ये ३० प्रतिशत गरिबी न्यूनीकरण, महिला सशक्तीकरण र वन उद्यममा खर्च गर्नुपर्ने हुन्छ भने बाँकी ३० प्रतिशत समुदायको संरक्षण हितमा काम गर्ने रहेको डिभिजनल वन कार्यालय बर्दियाका वन अधिकृत विजयराज सुवेदीले जानकारी गराए ।

सामुदायिक वनमा भएको आम्दानीले स्थानीय विकास र वन संरक्षण राम्रोसँग हुने सम्भावना बढेको छ । बर्दिया जिल्लामा सबैभन्दा ठुलो समस्याका रूपमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई डिभिजन वन कार्यालय र स्थानीयसँग मिलेर लैजाने र वन अतिक्रमण नियन्त्रण गर्न महत्त्वपुर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

संवर्द्धन  प्रणाली वन व्यवस्थापनबाट कटान मुछानले उपभोक्ता हर्षित भएका छन् । आन्तरिक खपत बापत आएको रकमबाट ४० प्रतिशत वन व्यवस्थापनमा नै खर्च गर्नुपर्ने र ३० प्रतिशत गरिब अति विपन्न समुदायमा अनुदान बापत खर्च गर्ने समूहले योजना बनाएको छ ।

सामुदायिक वनबाट निकासा गरिएको काठ समान रूपले प्रति घरधुरी ३५ क्युफिट वितरण गर्ने गरेको झरसिवा सामुदायिक वन ठाकुर बाबाका अध्यक्ष पहरी थारुले जानकारी दिए । समूहले समुदायमा घरधुरी वर्गीकरण गरेको छ ।

वर्गीकरण अनुसार फरक फरक मूल्य दर कायम समेत गरेको उनले जानकारी गराए । समूहले नै निर्णय गरी अति विपन्न परिवारलाई रोजगार र आय–आर्जन गर्नका लागि फर्निचर उद्योग सञ्चालन गरी रोजगारी दिने योजना सामुदायिक वनको रहेको छ ।

कार्यक्रमले स्थानीय स्तरमा रोजगारी बढेको छ । सामाजिक कार्य गर्न सहज पुगेको छ । संरक्षण गर्दै आएका तर उपभोग गर्न नपाएका स्थानीय कटानमुछान पाएपछि चकित परेका छन् ।

संवर्द्धन प्रणाली लागू भएपछि आवश्यकता परेका काठ सहज रूपमा उपलब्ध भएको सगुन सामुदायिक वन मधुवनकी अध्यक्ष मनु थापा जानकारी गराइन । अन्य जिल्लाबाट लिन धेरै खर्च लाग्ने तर पनि भनेको जस्तो काठ नपाउने समस्या पनि हटेर गएको छ ।

संवर्द्धन प्रणाली वन व्यवस्थापनले गर्दा उपभोक्ताहरूलाई आवश्यक पर्ने काठ अचेल अन्यत्र खोज्न जानुपरेको छैन ।
आन्तरिक खपत बापत आएको आम्दानी रकमले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कम गर्न मानव बस्ती र जङ्गल बिच करिब २ किलोमिटर मेस वाइर जाली, सुरक्षित बाख्रा खोर वितरण जस्ता सामाजिक कार्य गर्दै आइरहेको खोदाउ सामुदायिक वनकी अध्यक्ष विमला कँडेलले जानकारी गराइन ।

यसले रोजगारी मूलक र सिपमूलक कार्य गरी आय–आजर्नमा सहज भएको छ । सामुदायिक वन र डिभिजन वन कार्यालय बर्दिया मिलेर अहिलेसम्म करिब २० हेक्टर वन अतिक्रमण हटाएको छ भने रोजगारीमा स्थानीय उपभोक्ता र स–मिल लाई १० करोड रुपैयाँ आम्दानी मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?