Butwal Today

ठमेलको होटलबाट २ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

ठमेलस्थित एक होटलबाट दुई चिनियाँ नागरिक २ किलो सुन र २४ लाख रुपैयाँसहित पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनीहरूलाई होटल जिउ डिङ युयान बीन गुआनबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चीनको सियाचिनका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षीया जोउ सुमेइ छन्।

चुनलिन करिब डेढ महिनाअघि नेपाल आएका थिए भने सुमेइ केही दिनअघि मात्र आएकी थिइन्। उनीहरू सोही होटलमा सँगै बस्दै आएका थिए। प्रहरीले बरामद गरिएको सुन परीक्षण गरिसकेको छ भने थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको जनाएको छ।