ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

लुम्बिनीमा पर्यटक आगमन र अपेक्षा 

६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

पछिल्लो ६ महिनामा ५८ हजार ८७ जना विदेशी पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । आर्थिक मन्दीको प्रभाव कायमै रहेको बेला लुम्बिनीमा विदेशी पर्यटकको यो उत्साहजनक भ्रमणले लुम्बिनीको चहलपहल बढाएको छ । लुम्बिनीका लागि यो खुसीको कुरा हो ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो वर्ष ६ हजारले तेस्रो मुलुकका विदेशी पर्यटक बढेको तथ्याङ्क सार्वजनिक हुनु खुसीको कुरा हो । सन २०२४ को जुन महिनासम्म ५२ हजार १५४ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यद्यपि कोभिड अघिको तुलनामा भने यो तथ्याङ्क निकै कम हो ।

कोभिड अघि सन. २०१९ को जुनसम्म ८३ हजार १५५ जना विदेशी पर्यटक लुम्बिनी आएका थिए । पछिल्लो समय देखिएको पर्यटक उत्साहले लुम्बिनीको पर्यटन व्यवसाय चलायमान बनाउने आधार सिर्जना भएको छ । यस प्रकारका गतिविधिले अर्थतन्त्र चलायमान बनाउने मात्र नभै आन्तरिक रोजगारी सिर्जनाका साथै बजार गुल्जार हुन ठुलो सहयोग पुग्न सक्छ । लुम्बिनीसँगै नेपालका धार्मिक तथा ऐतिहासिक स्थलमा पर्यटक आगमनले ठुलो उत्साह सिर्जना गरेको छ र यसबाट पर्यटन व्यवसायी खुसी र उत्साहित भएका छन् ।

लुम्बिनीमा अहिले भारतीयदेखि तेस्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन नभए पनि लुम्बिनीमा पर्यटन क्षेत्रले आशा जगाएको छ । लुम्बिनीका पर्यटन व्यवसायी विगत तीन चार वर्ष सुस्ताएको पर्यटनमा अव सुधार आउने अपेक्षा गरेका छन् । लुम्बिनीमा अहिले आन्तरिक पर्यटकहरूको चहलपहल समेत बढेको छ ।

कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत बढीको योगदान दिने पर्यटन क्षेत्र राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्येको एक हो । लुम्बिनीसँगै देशका अन्य क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा समेत अहिले पर्यटकको आगमन बढेको छ । त्यसबाट निजी क्षेत्र पनि उत्साहित वनेको छ र बिस्तारै पर्यटनसँगै अन्य क्षेत्र पनि आफ्नो गतिमा आउने आधार सिर्जना भइरहेको छ । यो खुसीको कुरा हो ।

लुम्बिनीमा तेस्रो मुलुकबाट मात्रै होइन, भारतीय पर्यटकको आगमनले समेत उत्साह सिर्जना गरेको छ । पछिल्लो ६ महिनामा १ लाख ५६ हजार ८०० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष साढे सात हजारले भारतीय पर्यटकको सङ्ख्या बढेको हो ।

केही वर्षयता लुम्बिनीको पर्यटन व्यवसाय ओझेलमा परेको अवस्थामा पर्यटक आगमनले देशको समग्र आर्थिक क्रियाकलापमा प्रभाव पर्ने कुरामा कुनै शङ्का छैन । तसर्थ अव सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि ठोस पहल गर्नु जरुरी छ । देशको आर्थिक अवस्था सुधारमा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकोले देशभर रहेका पर्यटकीय स्थलको संरक्षणमा अव चासो दिनु जरुरी छ ।

अहिले जसरी लुम्बिनीको पर्यटन क्षेत्रले आशा जगाएको छ, त्यो अवस्था सवैतिर हुनुपर्दछ भन्ने हो । कोरोना कालको विगतको कठिन परिस्थितिमा नेपालको पर्यटन क्षेत्र थला परेकै हो । अव यसलाई उठाउने जिम्मा सरकारले लिनुपर्दछ । सरकारका एउटै निर्णयले पनि पर्यटन व्यवसायमा धेरै परिवर्तन आउन सक्छ ।

सरकारका प्रयासले पर्यटन क्षेत्रलाई पूर्ववत् गराउन धेरै सहयोग पुग्छ । पर्यटन क्षेत्रलाई सुचारु गराउन सकिएमा यो क्षेत्रमा आश्रित हजारौँ मजदुर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा ठुलो सहयोग पुग्नेछ । अव सरकारले लुम्बिनीसँगै नेपालको समग्र पर्यटन क्षेत्रलाई आकर्षित गर्न स्थानीय स्तरमै ठोस प्याकेज ल्याउनुपर्छ । लुम्बिनीको पर्यटन गतिविधि बढाउनेतर्फ लुम्बिनी विकास कोषको पहल पनि उत्तिकै आवश्यक छ ।

लुम्बिनीको पर्यटन क्षेत्रमा देखिएको उत्साह अहिले सिजन नहुँदा पनि बृद्धि भएको अवस्थामा भोलीको दिनमा अझै पर्यटक बढ्ने विश्वास गरिएको छ । अहिले लुम्बिनीमा देखिएको चहलपहल यही अवस्थामा मात्रै पनि सन्तोषजनक मान्न सकिँदैन । यो सङ्ख्यालाई अझै बढाउनेतर्फ पहल जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?