ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

एनआरएनए जापानको जगदेखि गजुरसम्म बुझेका सिद्धार्थ

६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

टोकियो।

गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचनको माहोलमा अध्यक्ष पदका उम्मेदवार सिद्धार्थ श्रेष्ठको चुनावी अभियानले नेतृत्व कुनै आकस्मिक लहर वा चामत्कारिक प्रस्तुति नभई यो लामो समयको यात्रामा इँटा-इँटा थपेर बनाइएको बलियो घर जस्तै हो, जसले हरेक आँधीहुरीमा सुरक्षाको प्रत्याभूति दिन्छ भन्ने कुराको प्रष्टरुपमा संकेत देखिन्छ! एक दशक लामो समर्पण र यात्राको एक जीवन्त दस्तावेज हुन् सिद्धार्थ।

पदको आकांक्षाभन्दा माथि उठेर एक व्यक्तिको संस्थाप्रतिको निरन्तर लगावका ऊदाहरणिय पात्र हुन् ऊनि। सन् २०१७ मा एक मानार्थ सदस्यको रूपमा पहिलो इँटा राख्दै सुरु भएको उनको यात्रा, प्रवक्ताको रूपमा समुदायसँग संवादको पुल बनाउँदै, महासचिवको रूपमा संस्थाको जग र स्तम्भहरूलाई बलियो बनाउँदै र उपाध्यक्षको रूपमा सिंगो संरचनालाई नजिकबाट बुझ्दै अघि बढेको छ।

यो क्रमिक र स्वाभाविक यात्रा आफैँमा एक परिपक्व नेतृत्व विकासको दुर्लभ उदाहरण हो। “पारदर्शिता हाम्रो प्रतिवद्धता, सेवा हाम्रो धर्म, उत्तरदायी नेतृत्वका लागि दृढ कदम,” केवल चुनावी नारा जस्तो सुनिँदैन। बरु, यो आठ वर्षको अनुभवबाट निस्किएको एक परिपक्व निष्कर्ष जस्तो लाग्छ। जब एक व्यक्तिले संस्थाको हरेक तह र तप्कालाई नजिकबाट नियालेको हुन्छ, तब मात्र उसले पारदर्शिताको महत्व, सेवाको मर्म र उत्तरदायित्वको गहिराइलाई आत्मसात् गर्न सक्छ। श्रेष्ठको अभियानले यही यथार्थलाई प्रतिविम्बित गरेको छ।

सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाहरूले पनि यस पटकको निर्वाचनमा मतदाताहरू केवल आश्वासनभन्दा माथि उठेर स्थायित्व र भरोसा खोजिरहेको संकेत गर्दछ। रातारात बन्ने र भत्किने लहरहरूभन्दा, निरन्तरताको बलियो खम्बामा अडेको नेतृत्वले मात्र जापानमा बस्ने हजारौं नेपालीको साझा सपनाको घरलाई सुरक्षित राख्न सक्छ भन्ने विश्वास बलियो हुँदै गएको छ।सिद्धार्थ श्रेष्ठको उम्मेदवारी एक पदको लागि मात्र नभएर, एउटा विचारको प्रतिनिधित्व हो – नेतृत्व रातारात जन्मिदैन, यसलाई समय, समर्पण र धैर्यले जन्माउँछ।

अब जुलाई २७ मा एनआरएनए जापानका मतदाताहरुले केवल एक अध्यक्ष मात्र चुन्ने छैनन्, उनीहरूले आफ्नो संस्थाको भविष्य कस्तो नेतृत्वलाई सुम्पिने भन्ने सोचको छनोट गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?