Butwal Today

गण्डकीका मुख्यमन्त्री एक साताका लागि चीन प्रस्थान

६ श्रावण २०८२, मंगलवार
अ+
अ-
पोखरा, ६ साउन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन् । सात दिने लामो भ्रमणका लागि मुख्यमन्त्री पाण्डे आज चीन भ्रमणमा निस्किएका हुन ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीनतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।  सचिवालयका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ चीन गएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?