© २०२३
काठमाडौं, ६ साउन।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय भएर राजनीतिमा फर्कने निर्णयबाट पछि नहटने स्पष्ट पारेकी छन्।
राजनीतिक पत्रकारहरूसँग भंगालमा कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू अघि बढिसकेको र अब कुनै हालतमा नरोकिने भन्दै राजनीतिक सक्रियताको बाटो तय गरिसकेको सन्देश दिइन्।
सक्रिय राजनीतिमा आफ्नो पुनः प्रवेशप्रति कोही पनि भयभीत नहुन आग्रह गरिन । उनले एमालेको राजनीतिमा पुनः संलग्न हुने निर्णय सहज र स्वाभाविक प्रक्रिया भएको बताउँदै उक्त निर्णयसम्म पुग्ने लामो राजनीतिक शृङ्खला पनि सार्वजनिक गरेकी छिन।