Butwal Today

नागरिकता संशोधन प्रस्ताव अब विधायन व्यवस्थापन समितिमा

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ६ साउन।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुने भएको छ।

मंगलबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?