© २०२३
बुटवल, ६ साउन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डको म्याद एक वर्ष थप्ने तयारी गरिएको छ।
सडक विभागको आयोजनाअनुसार एशियाली विकास बैंकको ९एडीबी० सहायतामा सञ्चालन भइरहेको उक्त आयोजनामा निर्माण कम्पनीले लामो समयको म्याद माग गरे पनि हाल एक वर्ष थप्दा निर्माण कार्य सम्पन्न गर्न सकिने सहमति भएपछि म्याद थप्ने तयारी भएको हो।
आयोजनाका निर्देशक इञ्जिनियर चुडाराज ढकालका अनुसार निर्माण कम्पनी र कन्सल्टेन्टबीच भएको छलफलमा एक वर्षभित्र फिनिशिङबाहेक अन्य सम्पूर्ण कार्य सम्पन्न गर्ने सहमति भएपछि म्याद थप्ने निर्णय लिइएको हो।
निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि एक वर्ष म्याद थप गर्ने आयोजनाको तयारी छ ।
तेस्रो पटक म्याद थपिएको यो आयोजनाको म्याद यही साउन ८ गते सकिंदैछ। अहिलेसम्म सडक विस्तार कार्यको भौतिक प्रगति ६९।३ प्रतिशत पुगेको आयोजनाका निर्देशक ढकालले जानकारी दिए।
निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरी ४२ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। तर, विभिन्न कारण देखाउँदै म्याद पटक–पटक थप्दै आएको छ।
अब थप हुने एक वर्षे म्याद अन्तिम भएको निर्देशक ढकालले स्पष्ट पारेका छन ।