© २०२३
यसपटक पनि नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री उनै वीपी कोइरालाको ४३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली कांग्रेस पाटी र उसका भातृ भगेनी तथा शुभेच्छुक संस्थाहरूले सप्ताहव्यापी रूपमा यो दिवस मनाइरहेका छन ।
नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतिक मानिने वीपी तत्कालिन नेपालका अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए । सबै विचारका नेताहरूलाई समेटेर आफुले नेतृत्व लिएर चल्न सक्ने महामानव वीपीलाई स्मृती दिवस र जयन्तिमा मात्र होइन सधै सम्झिनुपर्छ ।
वीपी साहित्यमा पनि धुरन्धर मानिन्छन । राजनीतिमा शालिन मानिने वीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदीआइन, बाबु आमा र छोरा, नरेन्द्रदाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन । वीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ । भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो ।
उनले राजादेखि दलहरू अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो । त्यसपछि दलहरू सक्रिय हुन पाए । वीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्म पनि उत्तिकै महत्व बोकेर रह्यो । वीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरू समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ ।
नेपालका कम्युनिष्टहरू पनि बीपीलाई सम्झिरहन्छन । बर्तमान अवस्थामा कांग्रेसले वीपीको नीतिलाई अँगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा वीपीको नीति सान्दर्भिक भएपनि अहिले कांग्रेसी नेताहरूले यो नीतिलाई भुल्दै गएको गुनासो आइरहेको छ ।
वि.सं. २००४ मा बिराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सन १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरु गरेका थिए । २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शम्शेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने ।
नेपालका २२ औँ प्रधामन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते का दिन भारतको वाराणसीमा भएको थियो । वीपीका परिवारलाई सर्वस्वहरण सहित लखेटिएको थियो । उनका बाबुआमाले भारतमा कष्टकर जीवनयापन गरेका बखत वीपीको जन्म भारतमा हुन पुगेको हो । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन । बीपी नेपाली तथा हिन्दी भाषाका साहित्यकार थिए ।
उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व वि.स.२०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । उनका पिता कृष्ण प्रसाद कोइराला राजनीतिक पृष्ठभूमिका व्यक्ती थिए । त्यसैले सानैदेखि वीपीमा राजनीतिक छाप पर्दै गएको थियो ।
वीपीको राजनीतिक जीवनको सुरुआत त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण वीपी र उनका भाई मातृकाप्रसाद कोइरालालाई सन १९८० मा तीन महिनासम्म बेलायती सरकारले कैद ग¥यो । त्यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो ।
वीपीले सन १९८९ मा आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविध्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जिलिङ्मा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे ।
विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजिक थिए । सन १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धका समयमा उनलाई वेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले वि.स. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुनपछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।
वि.स.२०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र नेतृत्वमा रहयो । बि.स. २०१७ साल पुष १ गते राजा महेन्द्रले आफ्नो बिशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान र सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्ष कैदमा राखियो । वि.स. २०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो ।
वि.स. २०३३ सालमा उनी नेपाल फर्के । तर तत्कालिन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राख्यो । पछि अन्तर्राष्ट्रिय दवावका कारण २०३५ मा उनका विरुद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । वि.स. २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजरबन्द गरेर राखिएको थियो । उनको मृत्यु वि.स. २०३९ साल साउन ६ गते ६७ बर्षको उमेरमा काठमाण्डौमा भएको थियो ।
प्रत्येक बर्ष साउन ६ गते बीपीको स्मृती दिवस भनेर सम्झीने, सप्ताहव्यापी रूपमा कार्यक्रम गर्ने जस्मा बृक्षारोपण, गजल, कविता, मुक्तक, आदी आयोजना गर्नेदेखि बीपीको गुणगान गाएर चर्काचर्का भाषण निकै हुने गर्छन तर बीपीले गरेका राम्रा कामको अनुशरण गर्ने र उनको सिद्धान्त अंगाल्ने गरेको कतै पाइंदैन ।
जसका कारण नेपाली कांग्रेसका नैताहरू अनुशासनहिन हुन पुगेका छन् । भ्रष्ट नेताको बिल्ला भिरिरहेका छन । पाटी हाँक्ने नाइकेहरूले नै मुहान (केन्द्र) धमिलो पारीरहेका छन तर, निष्ठाको राजनीति गर्नेहरू विस्थापित भएका छन् । वृद्ध नेताहरूले बिश्राम नलिंदा दोस्रो पुस्ताको पालोनै देखिंदैन । पाटीको नेतृत्व गलत ब्यक्तिहरूको हातमा पुगेको छ । युवाहरू विदेश पलायन भैरहेका छन । देशको अवस्था तहसनहस छ ।
युवा पिंढी यो देशमा भविष्यनै देखिरहेका छैनन । बर्षमा एकदिन बीपीको स्मरण गरेर अनि चर्का भाषणले केही हुनेवाला दैखिंदैन । नेपाली कांग्रेस पाटी हांक्ने तेस्रो पुस्ता देखिंदैन । केन्द्र हाँक्ने प्रायः नेता भ्रष्ट छन । आफ्ना सन्तान राम्रो देश बिदेशमा सेट गरेका छन् । स्वार्थै स्वार्थमा देश खोक्रो पारेका छन । राजनीतिक भविष्य नदेखेर कुनै नेताले उत्तराधिकारी तयार पारेका छैनन । १६४ दिन बीपीलाई बिर्सिने, उनको नीतिलाई नअंगाल्ने तर बर्षको एकदिन उनैलाई भजाएर पाटी हाँक्न खोज्नेहरूले पार्टी तथा देशको अवस्था बिगारेका छन ।
अब वीपी, कृष्ण प्रसाद तथा गणेशमानले जन्माएको पार्टी बचाउने हो भने तेस्रो पुस्ता तयार गरी अगाडी बढाउनु पर्छ । पाटी जन्माउने पहिलो पुस्ताका नेता मृत्यु भएका नेतालाई स्मरण गर्दै, केही बाँचेका नेताले बिश्राम लिनुपर्छ । दोस्रो पुस्ता अभिभावक बन्नुपर्छ । पुराना भनिएका पार्टीमा भविष्य नदेखेर ढुलमुलिएका युवाहरूलाई अगाडी सारेर सत्ता संचालनलाई तयार गर्नुपर्छ । अनिमात्र यो देशले स्थीरता पाउँछ ।
विदेश जाने लस्करमा कमी आउँछ । आफ्नो देशमा भविष्य नदेख्नेहरूले पनि सुन्दर भविष्य देख्न थाल्नेछन् । यति धेरै भ्रष्टाचार र लुटतन्त्रमा कमी आउन थाल्नेछ । तवमात्र मुलुकमा साँच्चीकै लोकतन्त्र आएको महसुस हुनेछ । सम्माननीय नेताहरूको आत्मा भडकिन छोडने छ र उनीहरूको आत्माले शान्ति पाउने छ ।