© २०२३
काठमाडौँ, ५ साउन ।
नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरु भएको हो ।
मुख्यतया: विधान अधिवेशनको पूर्व तयारी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने विषयमा यो केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा हुनेछ ।
यसअघि बसेको सचिवालय बैठकले मुख्यतया: ७० बर्षे उमेर हद र एक व्यक्ति २ कार्यकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने विधानको व्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।
तर, पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि हिजो दुवै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।







