ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

ट्रम्पले सार्वजनिक गरे ‘ओबामा गिरफ्तारी’को भिडियो

५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

वासिंगटन डिसी, ५ साउन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामामाथि फेरि एक पटक हमला गरेका छन् । उनले सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा एक भिडियो पोस्ट गरे, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ।

तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा तयार गरिएको हो । भिडियोको सुरुवात ओबामाले भनेका छन्, ‘राष्ट्रपति कानुनभन्दा माथि छैनन्।

यसपछि कयौँ अमेरिकी नेताहरूको भनाइ देखिन्छ– ‘कानुनभन्दा माथि कोही छैन।’ भिडियोमा दुई एजेन्टहरूले ओबामा र ट्रम्पलाई हतकडी लगाएर नजिकै मुस्कुराउँदै बसेका छन्। भिडियोको अन्त्यमा ओबामा जेल कैदीको वर्दीमा देखाइएको छ। यो भिडियोसँगै ट्रम्पले यो भिडियो नक्कली हो भन्ने स्पष्ट पारेका छैनन् ।

ट्रम्पले कुनै स्पष्टीकरण बिना भिडियो पोस्ट गर्नु धेरैलाई गम्भीर रूपमा हेरका छन् । तर, यस्तो भिडियोले सर्वसाधारणलाई भ्रममा पार्न सक्ने आलोचकहरू बताउँछन् । ट्रम्पले हालै ओबामामाथि चुनावी धाँधलीको आरोप लगाएका बेला यो भिडियो सार्वजनिक भएको हो ।

केही दिन अघि अमेरिकाको नेशनल इन्टेलिजेन्स (डिएनआई) का निर्देशक तुलसी ग्याबार्डले दाबी गरे कि उनीसँग प्रमाण छ कि २०१६ मा ओबामा प्रशासनका केही व्यक्तिहरूले ट्रम्प र रुस बिचको झूटो षड्यन्त्रको कथा बनाएको देखाउन सफल भएका छन् ।

ग्याबार्डले ट्रम्पलाई राष्ट्रपति बन्नबाट रोक्नको लागि यो प्रयास गरिएको र यो अमेरिकी लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको बताए । ‘अब अमेरिकीहरूले कसरी गुप्तचर एजेन्सीहरूलाई दुरुपयोग गरियो भन्ने बारे सत्य थाहा पाउनेछन्,’ उनले भने।

यद्यपि, डिएनआइद्वारा जारी गरिएको ११४ पृष्ठको प्रतिवेदनले नोभेम्बर २०१६ को चुनाव अघि अमेरिकी गुप्तचर एजेन्सीहरूले रुसले प्रत्यक्ष रूपमा चुनावलाई प्रभाव पार्ने प्रयास नगरेको विश्वास गरेको छ।

प्रतिवेदनले ८ डिसेम्बर २०१६ को जानकारीलाई उद्धृत गरेको छ, जसमा रुसले अमेरिकी चुनावको नतिजा परिवर्तन गर्न कुनै साइबर आक्रमण नगरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?