ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

जेब्रा क्रस छ, आकाशे पुल छ : तर नियम पालना गर्ने कोही छैन !

लुम्बिनी प्रदेशका रुपन्देही, बाके, दाङ, नेपालगंज, नवलपरासी लगायतका सहरी क्षेत्रमा सडक अनुशासन पालना हुन सकेको छैन ।
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

बुटवल, ५ साउन ।

बुटवल अस्पताल लाइनको मुख्य सडक । बिहानको भीडभाड। ६८ वर्षीया देवी थापा मगर एकछिन अलपत्र परिन्—राजमार्गको बीचमै । छिटो छरितो हिँड्न नसक्ने उमेर, हतारो, र ट्राफिकको अनियमित बहावबीच उनी सडकको एक छेउबाट अर्को छेउ पुग्न सकिनन् । “बाबु, नातिनी अस्पतालमा छ, खानाखान सामान लिन आएकी थिएँ । उकालो चढ्न सकिन, छिटो जानुपथ्र्यो भनेर यताबाटै काटें,” देवीले ट्राफिक प्रहरीलाई भनिन्। प्रहरी उनलाई समातेर पार पु-याउँदै सम्झाइरहेका थिए—“आमा, आकाशे पुल प्रयोग गर्नु प-यो नि !”

यसैगरी, युवा लखन यादव पनि आकाशे पुलको केही तलबाट सडक पार गरिरहेका थिए । ट्राफिक प्रहरीले सम्झाउँदा उल्टै उनले भने—“को जान्छ पुलमा ? सबैलाई हतार हुन्छ। फोटो खिच्न जानु हो त पुलमा ।” यी दुवै दृश्यहरू बुटवलको सडकमा दिनहुँ देखिन्छन्। न सवारी चालक लेनअनुसार चल्छन्, न पैदल यात्रीले जेब्राक्रस वा आकाशे पुल प्रयोग गर्छन् ।

लेन अनुशासनको कमी र ट्राफिक नियमको बेवास्ताले दुर्घटनाको जोखिम झनै बढाइरहेको छ । लेन अनुशासनको अभाव ः दुर्घटनाको मूल कारण नेपाल प्रहरीले पछिल्लो समय बढ्दो सडक दुर्घटनाको प्रमुख कारणमध्ये ‘लेन अनुशासनको उल्लंघन’ लाई मान्न थालेको छ । दुईपाङ्ग्रे सवारी, यात्रुबाहक बस तथा माइक्रोबसहरूले सवारी संकेतको अवज्ञा गर्नु, अनाधिकृत पार्किङ गर्नु र चाप भएको बेला लेन तोडेर अगाडि जान खोज्दा ठक्करका घटना बढेका छन् ।

सडकमा अनुशासन नभएका कारण पैदलयात्री, बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिहरू सबैभन्दा बढी जोखिममा परिरहेका छन् । ‘मेरो सवारी, मेरो लेन’ अभियान यी समस्यालाई समाधान गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले ‘मेरो सवारी, मेरो लेन’ अभियान सञ्चालनमा ल्याएको छ ।

ट्राफिक प्रहरीले पहिलोपटक चेतावनी, दोस्रोपटक जरिवाना र तेस्रोपटक कारबाहीको नीति लागू गरेको छ । प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा भन्छन्, “हामीले प्रमुख लेनयुक्त शहरहरू—बुटवल, बेलहिया, भैरहवा, लुम्बिनी, तौलिहवा, नेपालगञ्ज लगायत क्षेत्रमा विशेष ट्राफिक निगरानी बढाएका छौं ।” राडरगन, गति मापन यन्त्र, मोबाइल गस्ती, र सामाजिक सञ्जालमार्फत जनचेतना अभियान सञ्चालन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल भन्छन्, “अब सार्वजनिक सवारी चालकहरूलाई लेन शिक्षालाई अनिवार्य बनाइनुपर्छ। सवारी दुर्घटना न्यून गर्न अनुशासन पालना अनिवार्य छ ।”

उनले अनधिकृत पार्किङ, जथाभावी यात्रु चढाउने र तोकिएको स्थानबाहेक बस रोकिने प्रवृत्तिलाई रोक्न कारबाही आवश्यक रहेको बताए । ‘सुरक्षित यात्रा नेपाल’ अभियानका अभियन्ता कृष्ण बेल्बासे भने सडक सबैको साझा भएको भन्दै पैदल यात्री पनि जिम्मेवार हुनुपर्ने बताउछन । जेब्राक्रस र आकाशे पुलको प्रयोगलाई जोड दिनुपर्ने उनको सुझाव छ ।

‘सडक मेरो अधिकार मात्र होइन, कर्तव्य पनि हो’ भन्ने भावना फैलाउन जरुरी रहेको उनले बताए । सडकमा खाल्टाखुल्टी, छाडा चौपाया, अनियमित पार्किङ, साँघुरो लेन र सवारी चापका कारण ट्राफिक व्यवस्थापन अझ जटिल हुँदै गएको छ। त्यसमा पनि ‘म मात्रै त हो’ भन्ने मानसिकता, हतार, अनि नियमको बेवास्ताले सामाजिक अनुशासन नै कमजोर बनाएको छ ।

ट्राफिक विशेषज्ञहरू भन्छन—लेनअनुसार सवारी चलाउने, संकेत पालना गर्ने, गति सीमाभित्र रहनु, र पैदलयात्रीले सुरक्षित मार्ग प्रयोग गर्न थाले मात्र दुर्घटनाको दर घट्छ । लेन अनुशासन भनेको केवल सडकमा कोरिएको रेखा होइन—यो हामी सबैको जीवन र मृत्युको सीमारेखा भएको हुदा यसको पालना सबैको कर्तब्य हुन आउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?