Butwal Today

चाक्सीबारीमा काँग्रेस संस्थापन पक्षका शीर्ष नेताको चियापान

५ श्रावण २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, ५ साउन ।

चाक्सीवारीस्थित नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शीर्ष नेताहरूबिचमा भेटघाट भएको छ। अब आउन लागेको १५ औँ महाधिवेशनको पूर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीबारीमा पुगेका हुन् ।

सो छलफलमा उपप्रधान तथा सहरी बिकासमन्त्रीसमेत रहेका सिंहसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदारको उपस्थिति रहेको छ।

संस्थापन पक्षका शीर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्नु पर्ने भन्दै दबाब बढाइरहेको बेला यो भेला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?