ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सवारी अनुशासनमा कडाई: नियम उल्लंघन गर्नेहरूबाट १७ करोड बढी असुली

५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

बुटवल, ०५ साउन ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले गएको एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १ लाख ७० हजार बढी सवारीसाधनलाई कारबाही गरेको हो । जसबाट ट्राफिक प्रहरीले १७ करोड ८३ लाख ८३ हजार जरिवाना समेत उठाउन सफल भएको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले बताए । ट्राफिक प्रहरीले आफूखुसी गाडीमा सिट थपेर सञ्चालन गरेका १७ वटा सवारीलाई कारबाही गरेको छ ।

भारतीय बसहरूले नियम विपरीत यात्रु ओसार पसार गरेको भन्दै ५ बटा भारतीय बसलाई कारबाही गरेको छ । लामो समयदेखि बजारमा कागजपत्र गुडिरहेका इलेक्ट्रिक स्कुटीहरू नियन्त्रणमा लिएर कारबाही गरीएको हो । ट्राफिक प्रहरीले एक वर्षमा ५६ थान स्कुटर नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।

प्रहरीले चेकजाँचको क्रममा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको भन्दै ६ जना चालकहरूलाई कारबाही गर्न इलाका प्रहरी कार्यालय बुटवल पठाएको जनाएको छ । समाजलाई आतङ्कित बनाउने ठुलो आवाज निकाल्ने तीव्र गतिमा कुदाउने उडाउने स्वरूप परिवर्तन गरेका २ सय १९ वटा मोटरसाइकलहरूलाई जनही १० हजारका दरले जरिवाना गरी पुरानै स्वरूप बनाएर छाडिएको हो ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा सडकको क्षमता भन्दा धेरै मालसामान बोकेको भन्दै ४२ हजार ७ सय ७३ मालवाहक सवारीसाधनहरूलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।बुटवल बजारमा बिना दर्ता सञ्चालित २  सय ४९ वटा ई रिक्सा टेम्पुलाई आवश्यक कारबाहीका लागि बुटवल उपमहानगरपालिका पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा लामो समय देखि सडकमा गुडीरहेका ७ सय ६३ वटा सवारीसाधनलाई नि शुल्क मेकानिकल चेकजाँच गरिएको छ भने प्रदेश भरी सवारी दुर्घटना कम गराउन ट्राफिक जनचेतना जगाउन १५ हजार ५ सय १७ पटक जनचेतना मूलक कार्यक्रम गरिएको हो ।

दुर्घटना न्यूनीकरण गर्न सडक नाटक जनचेतना मूलक साइनबोर्ड निर्माण पर्चा पम्प्लेट वितरण गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु सुधन न्यौपानेले बताए । धेरै राम्रा काम भएका छन् दुर्घटना कम गराउनु र सवारी चालक आम मानिसलाई सडक प्रयोग गर्न अवारनेस कार्यक्रम फलदायी भएको सूचना अधिकारी न्यौपानेको भनाई छ ।

यस्तै लुम्बिनी प्रदेशमा एक वर्षमा सडक दुर्घटना बाट ५ सय ६ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सय ९१ जना घाइते भएको ट्राफिक प्रहरी प्रमुख मित्र बन्धु शर्माले बताए । दुर्घटना न्यूनीकरण गर्न र सहर भित्रका पार्किङ व्यवस्थापन गर्न प्रदेश ट्राफिक कार्यालय र जिल्लामा रहेका हरेक ट्राफिक कार्यालयहरू लागिरहेको प्रमुख शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?