© २०२३
बुटवल, ५ साउन ।
साउको पहिलो सोमबार शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ । बुटवलको नयाँगाउँमा रहेको मुक्तिनाथ मुक्ति धाममा साउनको पहिलो सोमबार जलार्पण गर्नेहरूको भीड लागेको हो । बुटवल धामका प्रमुख संरक्षक लोकानन्द स्वामी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्रहरी प्रमुख प्रदिप क्षेत्री, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको रूद्राभिषेक आरतीमा सहभागिता रहेको थियो । त्यस्तै बुटवलको सिद्धबाबा मन्दिरमा पनि साउनको पहिलो सोमबार भक्तजनहरुको ठूलो भीड लागेको छ । तस्विरः बिश्वास ढकाल














