© २०२३
काठमाडौँ , ५ साउन ।
नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि १३ जना अधिकृतको नाम सिफारिस गरिएको छ। बढुवा समितिको निर्णयअनुसार उनीहरूलाई डिएसपीमा सिफारिस गरिएको हो।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, सिफारिसमा परेका इन्स्पेक्टरहरूमा वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल छन्।
उनीहरूलाई कार्यसम्पादन, अनुभव, सेवा अवधि र आचारसंहिता लगायतका आधारमा मुल्याङ्कन गर्दै बढुवाका लागि सिफारिस गरिएको हो। अब आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू औपचारिक रूपमा डीएसपीमा पदोन्नति हुनेछन्।

