Butwal Today

बर्दियामा चितुवाको आक्रमणबाट एक घाइते

५ श्रावण २०८२, सोमबार
अ+
अ-

बर्दिया, ५ साउन ।

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । राँगा चराउन गएका बेला चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका वडा नम्बर १० बैदीका दिनेश चौधरी घाइते भएका छन् ।

चितुवाको आक्रमणमा उनको घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घटना लगत्तै स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको प्रहरीले जनाएको छ । उनलाई कतरनियास्थित प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरी नगर अस्पताल जयनगर लगेर उपचार भइरहेको छ ।