ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

‘नेपाल बैंक जीवन्त इतिहास बोकेको बैंकिङ्ग ब्राण्ड हो’

५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

अर्जुन बहादुर कँडेल पर्वत जिल्लाको फलेवास नगरपालिका ११ पाङ्राङ्मा जन्मिएर बैंकिङ्ग क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका व्यक्ति हुन् । वि.सं.२०६८ सालमा उपप्रबन्धक पदबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका उनी बिगत १३ वर्षको अवधिमा नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय अन्तर्गत विभिन्न विभाग तथा महाशाखाहरूमा प्रमुख भई कार्य गरिसकेका छन् ।

नेपाल बैंक लिमिटेडको न्युरोड स्थित मुख्य बैंकिङ्ग कार्यालय काठमाडौ बैंकिङ्ग अफिसको समेत कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका उनी हाल विगत ९ महिना देखि देखि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको लुम्बिनी प्रदेश प्रमुखको रूपमा कार्यरत रहेका छन् ।

सेवा प्रवेशको छोटो समय अर्थात् १० वर्षमा नै मुख्य प्रवन्धक पदमा पुगिसकेका उनी अत्यन्त मेहनती एवं उर्जाशील युवा बैंकरका रूपमा चिनिन्छन् । उनी हाल नेपाल बैंकर्स एशोसिएशन (एनविए) लुम्बिनी प्रदेश कमिटीको संयोजक पनि हुन् । उनै बैंकर कंडेलसँग बुटवल टुडेका लागि कृष्ण खनालले गरेको कुराकानी ।

नेपालमा बैंकिङ्ग क्षेत्रको वर्तमान अवस्था कस्तो छ र भविष्य कस्तो देख्नहुन्छ ?

-नेपालको बैंकिङ्ग क्षेत्र हाल चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । निक्षेप तिव्र गतिमा बढ्दै गइरहेको छ र यो रु. ७२ अर्ब माथि पुगिसकेको छ तर कर्जा प्रबाह भने रु. ५६ अर्बको हाराहारीमा मात्र रहेको छ । कर्जा निक्षेप अनुपात करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ जबकि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ९० प्रतिशतसम्म कर्जा निक्षेप अनुपात कायम गर्न सकिने व्यवस्था छ ।

यसबाट के देखिन्छ भने रु. आठ खर्ब भन्दा माथि अधिक तरलताको अवस्थामा नेपालको बैंकिङ्ग क्षेत्र देखिएको छ ।  एकातर्फ नयाँ कर्जा प्रबाह हुन सकिरहेको छैन भने अर्कोतर्फ बिगतमा प्रवाह भएको कर्जा असुलीमा ठुलो चुनौती उत्पन्न भएको छ । बैंकहरूको निष्कृय कर्जा ५ प्रतिशत भन्दा माथि पुगेको छ ।

बैंकहरूको निश्कृय कर्जा (एनपिए) निरन्तर बढ्दो छ भने गैर बैकिङ्ग सम्पत्ति (एनबिए) व्यवस्थापन गर्ने कार्य समेत चुनौतीपूण बन्दै गइरहेको छ । तर समग्रमा विगतका बर्ष भन्दा हाल कर्जा प्रबाहमा बढोत्तरी हुँदै गएको छ । अर्थतन्त्र चलाएमान हुन थालेसँगै बैंकिङ्ग क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व.२०८२/८३ को मौद्रिक नीति एवं अन्य निर्दैशनहरूले समेत बैंकिङ्ग क्षेत्रमा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ । नेपालको बैंकिङ्ग क्षेत्र समय क्रम सँगसँगै बिकसित र परिपक्क बन्दै गएको छ । नेपालको अर्थतन्त्रको मुल संवाहकको रूपमा बैंकिङ्ग क्षेत्रले आफूलाई स्थापीत गरिरहेको छ ।

बैंकिङ्ग क्षेत्रले अर्थतन्त्रको ह्वील रूपमा कार्य गरिरहेको छ र भविष्यमा समेत नेपालको बैंकिङ्ग क्षेत्रले नेपालको अर्थतन्त्रको कार्यदिशा निर्धारण गरिरहने छ । बैंकिङ्ग क्षेत्र गतिशिल हुने हुनाले भविश्यमा पनि यसमा थुप्रै आरोह अवरोह आइरहन सक्छन नै तर ‘सक वियरिङ्ग क्यापसिटि’ बलियो बन्दै गएको नेपाली बैकिङ्ग क्षेत्रले ती आरोह अबरोहलाई कुशलतापूर्वक ट्याकल गर्न सक्ने देखिन्छ ।

लुम्बिनी प्रदेशको बैकिङ्ग क्षेत्रको समग्र अवस्था कस्तो छ  ?

-लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ‘क’ बर्गका ७४५, ‘ख’ बर्गका २५६ ‘ग’ बर्गका ४७ र ‘घ’ बर्गका १११९ गरि जम्मा २१६७ वटा शाखाहरू संचालनमा रहेका छन् । देशभरिका बैंक तथा वित्तीय संस्थाहरूका कुल ११५४५ शाखाहरू रहेको आधार लुम्बिनी प्रदेशमा १८.७७ प्रतिशत शाखाहरू रहेका छन् ।

बि.सं.२०८१ पुष मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप रु. ५ खर्ब ८७ अर्ब पुगेको छ भने कुल कर्जा ५ खर्ब ७४ अर्ब पुगेको छ । नेपालको बैंकिङ्ग क्षेत्रसँग तुलना गर्दा लुम्बिनी प्रदेशले निक्षेपको करिब ९ प्रतिशत र कर्जाको करिब ११ प्रतिशत हिस्सा ओगटेको छ । बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको कर्जा निक्षेप अनुपात करिब ९८ प्रतिशत रहेको छ ।

जिल्लागत रूपमा निक्षेप र कर्जा दुबैमा सबैभन्दा बढि हिस्सा रूपन्देही जिल्लाको रहेको छ भने सबैभन्दा कम रुकुम पूर्बको रहेको छ । रूपन्देही जिल्लाले निक्षेपमा ४३.११ प्रतिशत र कर्जामा ५०.११ प्रतिशत साथै रुकुम पूर्बले निक्षेपमा ०.३१ प्रतिशत र कर्जामा ०.२४ प्रतिशत हिस्सा ओगेटेको देखिन्छ । त्यसैगरी यस प्रदेशमा वि.सं. २०८१ पुष मसान्तसम्म २ लाख ९२ हजार ३ सय ८७ जना क्रृणीहरूले बैंक तथा बित्तीय संस्थाहरूबाट कर्जा लिएको देखिन्छ ।

रेमिटान्स्को बृद्धि उच्च रहेको तर कर्जा विस्तार सुस्त गतिमा रहेको हुँदा समग्र वित्तीय क्षेत्रमा नै अधिक तरलताको अवस्था सीर्जना भएको छ । निश्कृय कर्जा बढ्दै गइरहेको र यसको व्यवस्थापन निकै नै चुनौतीपूर्ण बन्दै गइरहेको देखिन्छ । घर जग्गाको व्यवसायमा आएको मन्दी एवं मूल्यमा आएको गिरावटले बैंक तथा बित्तीय संस्थाहरूलाइ नयाँ कर्जा विस्तार एवं खराब कर्जा असुलीमा समेत प्रतिकुल प्रभाव परिरहेको छ ।

नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश कसरी अगाडि बढिरहेको छ  ?

-नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक भएको एवं सरकारी बैंक भएकोले समेत आम सर्वसाधारणहरूमा यस बैंक प्रतिको विश्वास र भरोसा उच्च स्तरको रहेको पाएका छौं । बि.सं. १९९४ सालमा स्थापना भई ८८ बर्ष पुरा भइसक्दा यस बैंकले नेपालीहरूको माझ एउटा छुट्टै छाप छोड्न सफल भएको छ ।

त्यसैले नेपाल बैंकलाई एउटा बैंक मात्र नभइ एउटा जिबन्त इतिहास एवं बैंकिङ्ग ब्राण्डका रूपमा समेत आफ नेपालीले चिन्ने गरेको पाउंदछौं । नेपाल भरि २३० वटा शाखाहरू रहेको यस बैंकमा लुम्बिनी प्रदेश अन्र्तगतका १२ जिल्लाहरूमा कुल ३४ वटा शाखा कार्यालयहरू मार्फत ग्राहकहरूलाइ बैकिङ्ग सेवा सुबिधाहरू प्रदान गरिराखेका छौं ।

लुम्बिनी प्रदेश अन्तर्गत शहर देखि गाउँसम्म र पहाडदेखि तराइसम्म नेपाल बैंकका शाखा संजालहरू फैलिएका छन् । यस बैंकले निक्षेपमा तुलनात्मक रूपमा उच्च ब्याजदर र कर्जामा न्यून ब्याजदर प्रदान गरि ग्राहकलाई आकर्षित गरिरहेको छ । नेपाल बैंक लुम्बिनी प्रदेशमा खराब कर्जाको अवस्था समेत संतोषजनक रहेको छ ।

भविष्यमा कार्ड तथा डिजिटल बैंकिङ्गलाई अझै बढोत्तरी गर्दै सेवा प्रवाहलाई सरल र सहज बनाउदै जाने योजनामा अघि बढदै छौं । समग्रमा उर्जाशिल युवा जनशक्ति र आधुनिक प्रबिधिको अधिकतम प्रयोगबाट ग्राहकहरूलाइ छिटो छरितो र गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित नेपाल बैंक लुम्बिनी बैंकिङ्ग कार्यालय अगाडि बढिरहेको छ ।

वित्तीय साक्षरताको अभावको कारण अझै पनि कतिपय मानिसहरू बैंकिङ्ग पहुँचबाट टाढा छन्, उनीहरूलाई बैंकिङ्ग क्षेत्रमा ल्याउन के गर्नुपर्ला  ?

-वित्तीय साक्षरतालाई आर्थिक विकासको आधारस्तम्भ मानिन्छ । नेपालमा अझै पनि करिब ४० प्रतिशत जनसङ्ख्या वित्तीय पहुँचबाट टाढै रहेका छन् । उनीहरूमा वित्तीय शिक्षा प्रदान गरी वित्तीय रूपमा चेतनशिल एवं जागरुक बनाउने कार्य आजको प्रमुख आवश्यकता हो ।

बैंकिङ्ग क्षेत्र स्वाभावले पनि नाफा मुलक हुने भएकोले उनीहरूका गतिबिधिहरू पनि प्रायः शहर बजार केन्द्रीत नै हुने गर्दछन् तर बिगत भन्दा हालको अवस्थामा यसमा निकै नै ठूलो प्रगति भएको देखिन्छ । नेपाल राष्ट्र बैंकको बाध्यकारी व्यवस्थाले गर्दा हाल सबै स्थानीय तहहरूमा बैक तथा वित्तीय संस्थाहरूको पहुँच पुगेको छ ।

केहि बैंक तथा वित्तीय संस्थाहरूका शाखारहित बैंकिङ कारोवार पनि गाउंगाउंसम्म पुगेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङ्ग सुबिधाहरू प्रदान गरेको कारण बैंकिङ्ग पहुंचको अवस्थामा उल्लेख्य सुधार भएको देखिन्छ । मोवाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुबिधाहरू मार्फत ग्राहकहरूले सहज र सरल रूपमा बैंकिङ्ग कारोवार गरिरारखका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत रहेर वित्तीय साक्षरताका कार्यक्रमहरू संचालन गरिराखेका छन् । विद्यार्थी, महिला, कृषक, व्यवसायी, रेमिटान्स प्रापक लगायत बालक देखि प्रौढ सम्मका सम्पूर्ण बर्गका व्यक्तिहरूलाई लक्षित गरि वित्तीय साक्षरताका कार्यक्रमहरू संचालन भइरहेका छन् र यस्ता कार्यक्रमहरूको प्रभावकारीता पनि बढ्दै गइरहेको छ तथापि सम्पूर्ण नेपालीहरूमाझ वित्तीय साक्षरताका कार्यक्रमहरू संचालन गरी ती सबैमा वित्तीय पहुँच पु¥याउने कार्य चुनौतीपूर्ण नै देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले स्थानीय निकायहरूसंगको समन्वय र सहकार्यमा यस्ता कार्यक्रमहरू संचानलन गर्न सकेमा ति कार्यक्रमहरू अझ बढि प्रभावकारी बन्न सक्दछन् भने नेपाल राष्ट्र बैंकले समेत ग्रामीण विपन्न बर्गका व्यक्तिहरूलाई केन्द्रिय गरी वित्तीय साक्षरताका कार्यक्रमहरू संचालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाइ निर्देशन एवं प्रोत्साहित गर्न जरुरी छ ।

नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत के कस्ता कार्यहरू गरिरहेको छ ?

-विश्वभर संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को अवधारणा एवं ढाँचामा निरन्तर रूपमा व्यापक परिबर्तन भइरहेको भएता पनि नेपालमा भने यसलाइ एउटा सहयोगी एवं परोपकारी कार्यको रूपमा लिने गरिएको छ र सोही अनुसार नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीतिको परिपालना गर्दै बैंक तथा वित्तीय संस्थाहरूले सिएसआर अन्तर्गत बिभिन्न कार्यक्रमहरू संचालन गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो बार्षिक खुद नाफाको कम्तिमा १ प्रतिशत रकम सिएसआर अन्तर्गतका क्रियाकलापहरूमा खर्च गर्नुपर्दछ । नेपाल बैंक लिमिटेडले पनि नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, दैविक प्रकोप व्यवस्थापन, वित्तीय साक्षरताका कार्यक्रमहरू, दिगो विकासका लक्ष्यहरू सम्बन्धि कार्यक्रमहरू, अनाथ असहाय साथै बृद्धाश्रम जस्ता गैर नाफामुलक संस्थाहरूमा प्रत्यक बर्ष सिएसआर अन्तर्गको रकम खर्च गर्ने गरेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति २०८२/८३ ले बैंकिङ्ग क्षेत्र तथा सम्पूर्ण अर्थतन्त्रलाइ चलाएमान बनाउन कस्तो भूमिका खेल्छ जस्तो लाग्छ ?

-नेपाल राष्ट्र बैंकले हाल वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्रको आवश्यकता र अपेक्षा अनुशार नै मौद्रिक नीति तर्जुमा गरेको देखिन्छ । मौद्रिक नीति लचिलो एवं विस्तारकारी छ र यसले बैंकिङ्ग क्षेत्रमा कर्जाको माग बढाइ समग्र आर्थिक वृद्धि बढाउन भूमिका खेल्ने नै छ ।

नीतिगत दरहरूमा ल्याइएको कमी, घर कर्जा एवं शेयर कर्जाको सीमामा गरिएको लचकता, सम्पत्ति व्यवस्थापनि कम्पनी सम्बन्धी व्यवस्था, चालुपुँजी कर्जा सम्बन्धि मार्गनिर्देशनमा भएको परिमार्जन, कर्जा पुर्नतालिकीकरण तथा पुनर्संरचना सम्बन्धि व्यवस्था, बिपन्न बर्ग कर्जा सम्बन्धी थप ब्यवस्था लगायतका नीतिगत व्यवस्थाहरूले गर्दा यो मौद्रिक नीतिले प्रत्यक्ष एवं सकारात्मक प्रभाव पार्ने नै छ ।

यो मौद्रिक नीतिले एकातीर कर्जाको माग कम एवं अधिक तरलताको स्थितिले रुमलिएको वित्तीय क्षेत्रलाई चलाएमान बनाउने तर्फ जोड दिएको देखिन्छ भने अर्कोतर्फ उद्यमी व्यवसायीहरूप्रति पनि उदार देखिएको पाइन्छ ।

खासगरी निजी क्षेत्र तर्फ प्रवाह हुने कर्जा १२ प्रतिशतले बृद्धि गरी नेपाल सरकारले बजेट बक्तव्यमा उल्लेख गरे बमोजिको ६ प्रतिशतको आर्थिक बृद्धि हांशिल गर्ने लक्ष्य यो मोद्रक नीतिले लिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा प्रयोग गरेका उपकरणहरू एवं नीतिगत व्यवस्थाहरूले बैंकिङ्ग क्षेत्रमा कर्जाको माग बढ्न गई उत्पादन र रोजगारीमा समेत सकारात्मक प्रभाव पर्दछ र यसबाट लक्षित आर्थिक बृद्धि हांशिल गर्न टेवा पुग्ने देखिन्छ ।

अन्त्यमा नेपाल बैंकका ग्राहक र अन्यलाई यहाँको सुझाव के छ ?

-नेपाल बैकका बैंकिङ्ग सेवा सुबिधाहरू लिइरहनु भएका यस बैंकका ग्राहकहरूलाइ यस बैंकप्रति देखाउनु भएको विश्वास, माया एवं भरोसा प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं साथै आगामी दिनहरूमा अझै सरल, सहज एवं आधुनिक प्रविधिमैत्री र प्रभावकारी ग्राहकसेवा प्रदान गर्ने नै छौं ।

नेपाल बैंक लि.मा जोडिन चाहिरहनु भएका सम्पूर्ण महानुभावहरूलाइ पनि यस बैंकमा हामी सधैं हार्दिक स्वागत गर्दछौं । नेपाल बैंक लि. का सेवा सुबिधाहरू लिई सुधार गर्नुपर्ने पक्षहरूमा समेत सुझाब प्रदान गरिदिनुहु हार्दिक अनुरोध गर्दछौं । सरकारी बैंक भएका कारण नाफा मात्र नहेरी आम नेपालीहरूमाझ सेवाको भावले र जिम्मेवार ढंगले समेत सेवा प्रदान गर्नु हाम्रो दायित्व हो र त्यसका लागि हामि प्रतिबद्ध र कटिबद्ध छौं ।

बैंकिङ्ग व्यवसायको करिब ९ दशकको अनुभव, युवा तथा दक्ष जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोगबाट अझ बढि प्रतिपर्धि ढंगले नेपाल बैंक अगाडि बढिरहेको छ लुम्बिनी प्रदेशको समग्र आर्थिक समृद्धिमा यस बैंकले महत्वपूर्ण भुमिका प्रदान गरिरहने विश्वास पनि दिलाउन चाहन्छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?