ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बङ्गलादेशमा सैन्य विमान स्कुलमा ठोक्कियो, उद्धार कार्य जारी

५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

ढाका, ५ साउन ।

बङ्गलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो विमान जेट माइलस्टोन स्कुल एन्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

फायर सर्भिस र सिभिल डिफेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा उद्धार कार्य जारी छ । ढाकाको उत्तरामा प्रशिक्षण विमान दुर्घटनामा परी कम्तीमा २५ जनालाई नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा लगिएको छ ।

उनीहरुको पहिचान तुरुन्तै थाहा हुन सकेको छैन तर उनीहरूमध्ये अधिकांश विद्यार्थी हुन् । अन्य कैयौँ घाइतेहरूलाई सहरका विभिन्न अस्पतालमा लगिएको छ।

फायर सर्भिस कन्ट्रोल रुमका ड्युटी अफिसर लिमा खानमले भनिन्, “हामीले दिउँसो १ः१८ बजे उत्तराको माइलस्टोन स्कुल एन्ड कलेज नजिकै विमान दुर्घटना भएको खबर प्राप्त गरेका थियौँ।’ उनका अनुसार घटनास्थलमा उत्तरा, टोङ्गी, पल्लवी, कुर्मीटोला, मिरपुर र पूर्वाचलका आठ वटा दमकल खटिरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूले धेरैलाई घाइते अवस्थामा उद्धार गरेको देखिन्छ। उनीहरूलाई उत्तरा आधुनिक अस्पतालमा लगिएको बताइएको छ ।

ढाका मेडिकल कलेज अस्पताल, कुर्मिटोला जनरल अस्पताल, कुवेत–बङ्गलादेश मैत्री सरकारी अस्पताल, उत्तरा महिला मेडिकल कलेज, शहीद मन्सूर अली मेडिकल कलेज अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

डीएमपीको उत्तरा डिभिजनका उप पुलिस आयुक्त मोहिदुल इस्लामले पत्रकारहरूलाई भने, ‘माइलस्टोन कलेज क्षेत्रमा तालिम विमान दुर्घटना भएको छ। उद्धार कार्य जारी छ। थप विवरण पछि दिइनेछ।’

प्रत्यक्षदर्शीहरूले भने कि विमान अचानक ठुलो आवाजको साथ भवनमा ठोक्कियो, जसले विद्यार्थी र क्याम्पसका कर्मचारीहरूमा त्रास फैलाएको थियो। भवन मुख्यतया प्ले ग्रुप कक्षाहरूका लागि प्रयोग गरिएको थियो, जुन दुर्घटना हुनुभन्दा केही बेर अघि मात्र समाप्त भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?