ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

वैदेशिक रोजगारी घटनाका पीडितले पाए राहत, साढे ६ करोड क्षतिपूर्ति वितरण

५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

कपिलवस्तु, ०५ साउन ।

जिल्लाबाट वैदेशिक रोजगारीमा गएका र जान थालेकालाई भएको ठगी, अप्ठ्यारा र मृत्युको घटनाका पीडितले एक वर्षमा करिब साढे ६ करोड आर्थिक सहायता र क्षतिपूर्ति पाएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ को अबधीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रहेको आप्रवासन स्रोत केन्द्र (सहायता कक्ष) मा ठगी, उद्धार, राहत, आर्थिक सहयोग र क्षतिपूर्तिका लागि २ सय ३७ केश दर्ता भएका थिए ।

जसमध्ये १ सय ७८ केश समाधान भएको छ भने ५९ वटा केश समाधानको प्रक्रियामा रहेका छन् । केश दर्ता गराएका १ सय ७८ घटना मध्येका पीडितले ६ करोड ४५ लाख २० हजार १ सय ७१ रुपैयाँ आर्थिक सहायता र क्षतिपूर्ति पाउन सफल भएको सामी कार्यक्रमका कपिलवस्तु जिल्ला संयोजक सुभास रेग्मीले जानकारी दिए ।

ठगीमा परेर क्षतिपूर्ति पाउने मध्ये ठगीमा परेकाहरूले १ करोड ३२ लाख ९० हजार ५ सय, पासपोर्ट सहित रकम फिर्ता गराइएकोमा ३० हजार, उद्धार भएकाले १ लाख ५० हजार र वैदेशिक रोजगारीमा मृत्यु र अङ्गभङ्ग भई तिनका आश्रित परिवारले आर्थिक सहायता बापत ५ करोड १० लाख ४९ हजार ६ सय ७१ रुपैयाँ पाएको देखिएको छ ।

सो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा मृत्यु भई आर्थिक सहायता नपाएका ४१ जनाका आश्रित परिवारले सो रकम पाउन कार्यक्रमले सहजीकरण गरेको जनाइएको छ । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको समन्वय, हेल्वेटास नेपालको प्राविधिक सहयोगमा स्थानीय सरकारले सुरक्षित आप्रवासन (सामी कार्यक्रम) सञ्चालन गर्दै आएका छन् ।

विगत ६ वर्ष यता कपिलवस्तु जिल्लाको ४ पालिकामा सामी कार्यक्रम रहेकोमा गत आवमा बुद्धभुमी नगरपालिका र यशोधरा गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी कार्यक्रम) सञ्चालनमा आएको छ ।

यस अघि जिल्लाको कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका, शिवराज नगरपालिका र मायादेवी गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा थियो । कार्यक्रमले वैदेशिक रोजगारीको सूचना तथा परामर्श, कानुनी सहजीकरण, सिपमूलक तालिमका लागी प्रेषण, वित्तीय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा कार्य गर्दै आएको संयोजक रेग्मी बताउँछन् ।

सामी कार्यक्रम गत आर्थिक वर्षको अवधिमा अन्तर्गत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रहेको आप्रवासी स्रोत केन्द्र तौलिहवामा १३ हजार ५ सय ९९ जना र चन्द्रौटा स्थित आप्रवासी उपस्रोत केन्द्रमा ७ सय ३७ गरी कुल १४ हजार ३ सय ३६ जनालाई वैदेशिक रोजगार सम्बन्धित परामर्श र सूचना प्रदान गरिएको छ । जसमा २ हजार ५ सय ५ महिला र ११ हजार ८ सय ३१ जना पुरुष रहेका छन् ।

गत आर्थिक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जानका लागी अनुमति लिनेहरूको सङ्ख्या ८ लाख ३९ हजार २ सय ६६ जना रहेको छ ।

जसमा ७ लाख ४४ हजार ८ सय ११ जना पुरुष र ९४ हजार ४ सय ५५ जना महिला रहेको देखिएको छ । वैदेशिक रोजगारीमा जान अनुमति लिनेहरूमा २ लाख २७ हजार ४ सय ७ जना (२७ दशमलव शून्य ९ प्रतिशत) अदक्ष व्यक्ति रहेका छन् ।

सोही आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानका लागी अनुमति लिनेहरूमा कपिलवस्तु जिल्लाका ६ सय ४० महिला र १६ हजार ८ सय ७१ जना पुरुष गरी कुल १७ हजार ५ सय ११ जना रहेको देखिएको छ । सामी कार्यक्रमले वैदेशिक रोजगारीमा समस्यामा परेका, ठगी भएका र क्षतिपूर्ति पाएका र वैदेशिक रोजगारीमा रहेकाका परिवारलाई लक्षित गरी रेमिटेन्स सदुपयोगका लागी वित्तीय साक्षरताका कार्यक्रम चलाउँदै आएको छ ।

गत आर्थिक वर्षमा ५० जना वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारका सदस्यलाई २१ सत्र सम्मको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको सामी कार्यक्रमकी वित्तीय साक्षरता सहजकर्ता कविता गौतमले जानकारी दिइन ।

सचेतना कार्यक्रमका कारण वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारका सदस्यले आम्दानी खर्चको हिसाब राख्न थालेको, पारिवारिक बजेट तयार गर्ने गरेको, उनका व्यवहारमा परिवर्तन आई रेमिट्यान्सको रकमलाई उत्पादनमूलक क्षेत्रमा सदुपयोग गर्न थालेको गौतमले जनाइन ।

त्यसै गरी गत आर्थिक वर्षमा १ सय १८ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । स्थानीय तहले प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको सामी कार्यक्रमको अपनत्व ग्रहण गरेको देखिएको छ । जिल्लाका ५ पालिकाले आप्रवासन पार्श्वचित्र र ४ पालिकाले सुरक्षित आप्रवासन कार्यविधि निर्माण गरेका छन् ।

९६ वटा वडा रहेको जिल्लाका ४२ वटा वडामा वडा स्तरीय आप्रवासी श्रमिक, चार वटा पालिका स्तरीय सञ्जाल र १ वटा जिल्ला स्तरीय सञ्जाल गठन भई कार्य सम्पादन गर्दै आएको देखिएको छ ।

वैदेशिक रोजगारीका नाममा भएका ठगीका घटनाको क्षतिपूर्ति र मृत्यु तथा अङ्ग भङ्गको केशको आर्थिक सहायता उपलब्ध गराउन सामी कार्यक्रमले विभिन्न निकाय सँग समन्वय गरेर प्रभावकारी काम गरेको सामी हेल्भेटास लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत जियाउल हकले बताए ।

केन्द्रमा दर्ता भएका ८० प्रतिशत बढी ठगीका घटनामा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सँग समन्वय गरेर समाधान निकालिएको उनले प्रस्ट्याए ।

त्यसै गरी बर्षौ देखी आर्थिक सहायता नपाएका वैदेशिक रोजगारीका क्रमको मृत्यु र अङ्गभङ्ग भएका व्यक्तिको केशमा वैदेशिक रोजगार विभाग र सम्बन्धित बिमा कम्पनी सँगको समन्वयमा आर्थिक सहायता उपलब्ध गराउने कार्य गरिएको उनले जानकारी दिए ।

कपिलवस्तु जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढी भएका कारण वैदेशिक रोजगारी सँगै जोडिएका समस्याहरू पनि बढी देखिँदै आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?