ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

छाउगोठ भत्काउन ढिलाइ नगर

५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

गत साता कञ्चनपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको समाचारले नेपालमा २१ औँ शताब्दीमा पनि जरो गाडिएको कुप्रथा र चिन्तन कतिसम्म गिर्दो छ भन्ने कुराको पुष्टि गरेको छ । असुरक्षित छाउगोठमा बस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई मृत्युको मुखमा पुग्नुप¥यो ।

महिनावारी भएका बेला उनलाई घरभित्र बस्ने अनुमति थिएन । घरबाट करिब डेढ सय मिटर टाढा, छिमेकीले बनाएको असुरक्षित छाउगोठमा रात बिताउनु उनको बाध्यता थियो । त्यही बाध्यताबिच उनको इहलीला समाप्त भएको छ । छाउपडी प्रथा अत्यन्तै दुःखद र लज्जास्पद परम्परा हो ।

यसअघि पनि सयौँ नेपाली चेलीको छाउगोठमै बस्दा ज्यान गुमेको छ । तसर्थ अव छाउगोठ भत्काउने अभियान सुरु गर्नुपर्छ । बर्खा याममा सर्प र अन्य विषालु जीवहरूको बिगबिगी हुने तराईको मौसममा यस्ता असुरक्षित गोठमा बस्नु भनेको मृत्युलाई निम्तो दिनुसरह हो ।

छाउगोठमा भएको यो घटनाले एक पटक फेरि नेपालीलाई स्तब्ध बनाएको छ । केही वर्ष अघिसम्म पहाडमा मात्र सुनिने छाउगोठको कथा अब तराईको पनि तितो यथार्थ बनेको छ । सुदूर पश्चिमका पहाडी क्षेत्रमा रहेको छाउपडी प्रथा तराईमा पनि फैलिनु चिन्ताको कुरा हो । छाउपडी प्रथा भत्काउने काम गर्नु जरुरी छ ।

त्यसका लागि छाउगोठ भत्काउनुपर्दछ भनेर सम्बन्धित स्थानमा सचेतनामूलक अभियान सञ्चालन गर्नु जरुरी छ । छाउगोठ भत्काउन नमान्ने र अटेरी गर्नेहरूलाई कडा कारबाही गर्नुपर्दछ । छाउपडी सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरू त्यसमा पनि विशेष गरी अछामको कहालीलाग्दो कुप्रथा हो ।

त्यही कुप्रथाका कारण धेरै महिला तथा किशोरीहरूको छाउगोठमा ज्यान गइसकेको इतिहास ताजै छ । त्यही कुप्रथा अझै निर्मूल हुन नसक्दा आज तराईका समथर भूमिमा समेत नेपाली चेलीहरूको अकालमै ज्यानै जानेसम्मका घटना भइरहेका छन् ।

कैलाली र कञ्चनपुरजस्ता जिल्लामा अछामबाट बसाइ सरेर आएका समुदायसँगै यो अन्धविश्वास पनि सरेको छ । यसलाई अरू जिल्लामा सर्न दिइनु हुँदैन । जबसम्म छाउगोठ भत्काएर निर्मूल गर्न सकिँदैन तबसम्म यस प्रकारका घटना भइरहने हुँदा छाउगोठ निर्मूल गर्नेतर्फ सबैको ध्यान जाओस् ।

निश्चित रूपमा मान्छे बसाई सरेपछि संस्कृति, परम्परा र रहनसहन पनि सँगै लिएर आएका हुन्छन् । राम्रो संस्कृति र परम्परालाई अनुसरण गर्ने र नराम्रो परम्परालाई हटाउनेतर्फ हरेकको चिन्तन हुनुपर्दछ । तर, सुदूरपश्चिममा उनीहरूको मनमा जकडिएको कुप्रथा पनि सँगै सरेको छ ।

तराईका यी नयाँ छाउगोठहरू महिला तथा किशोरीहरूका लागि मृत्यु पासो बनिरहेका छन् । तराईका जिल्लामा यस्तो घटना हुनुले हाम्रो चेतनाको स्तर कहाँ छ भनेर देखाउँछ । यी सबै छाउगोठ भत्काउने अभियान सुरु गर्नुपर्छ । कमलाको मृत्युले स्थानीय सरकारलाई समेत झकझक्याएको छ ।

कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउन एक महत्त्वपूर्ण निर्णय गरेको छ । यो घोषणाले पीडित परिवारलाई सान्त्वना दिन नसके पनि भविष्यमा यस्ता घटना दोहोरिन नदिन एउटा ठोस सरकारी प्रयासको सुरुवात भने पक्कै गरेको छ । यो घटनाले सम्पूर्ण समाजको शिर निहुरिएको छ ।

महिलालाई यस्तो असुरक्षित खोरमा बस्न बाध्य पार्ने हामी कस्तो अज्ञानतामा बाँचिरहेका छौँ ? । यसको जवाफ कसले दिने ? यस प्रकारका घटनाबाट पाठ कहिले सिक्ने ? सोचनीय विषय वनेको छ । मान्छेको दिमागमा बसेको यो देउता रिसाउने अन्धविश्वासको गोठ जबसम्म भत्काउँदैनौँ, तबसम्म बाहिरको छाउगोठ भत्काएर मात्र केही हुँदैन ।

यो कुप्रथालाई जरैदेखि उखेल्न सबै राजनीतिक दल, स्थानीय तह, प्रदेश सरकार र सामाजिक सङ्घसंस्थाहरूले एकीकृत अभियान चलाउनु अनिवार्य भइसकेको छ । केही समयअघि मात्रै कैलालीको मोहन्याल गाउँपालिकामा पनि छाउगोठमा बसेकी एक महिलालाई बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो ।

कैलालीमा स्थानीय सरकार र प्रशासनले छाउगोठ भत्काउने अभियान नगरेका होइनन्, तर ती अभियानहरू मौसमी र प्रभावहीन देखिएका छन् । अबको दिनमा सरकारले नै छाउगोठ भत्काउने अभियानको नेतृत्व गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?