Butwal Today

नेपाल प्रहरीमा ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस

५ श्रावण २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) स्तरका ११ जना अधिकृतलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।प्रहरी बढुवा समितिका सदस्यसचिव तथा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिअनुसार बढुवाका लागि सिफारिसमा परेका अधिकृतहरू यसप्रकार छन्:

अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का।

उनीहरू प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिसमा परेका हुन्। अब गृह मन्त्रालयले प्रक्रिया अघि बढाएर बढुवाको औपचारिक निर्णय गर्नेछ।