Butwal Today

रास्वपाको विवरण अद्यावधिकमा ढिलाइ: आयोगको भूमिकामाथि प्रश्न

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ४ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिकको प्रक्रिया नियमित रूपमा भइरहे पनि आयोगको ढिलाइप्रति असन्तुष्टि जनाएको छ। आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी नेतृत्वको टोली आयोगमा पुगेको थियो।

महामन्त्री बुर्लाकोटीले पार्टीको पदाधिकारी हेरफेर लगायतका सबै विवरण आयोगमा समयमै बुझाइसकेको भए पनि अद्यावधिक प्रक्रियामा आयोगबाट ढिलाइ भएको आशंका व्यक्त गरे।

उनका अनुसार आयोगले पार्टीबाट प्राप्त विवरण अद्यावधिक गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन। तथापि, अदालतमा चलिरहेको मुद्दालाई कारण देखाउँदै विवरण अद्यावधिक रोकिने हो कि भन्ने शंका उनीहरूमा उत्पन्न भएको छ। यही सन्देहले कानून व्यवसायी टोलीलाइ समेत समावेश गरिएको महामन्त्री बुर्लाकोटीले स्पष्ट पारे।

रास्वपाले आयोगलाई पार्टीको आन्तरिक प्रक्रियाअनुसार आएका हेरफेरहरूमा अनावश्यक ढिलाइ नगर्न र निष्पक्ष रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।

यस घटनाले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठेको देखिन्छ। निष्पक्षता र पारदर्शितामा जोड दिने आयोगले दलहरूको वैधानिक प्रक्रियालाई समयमै मान्यता दिन नसक्नु लोकतान्त्रिक अभ्यासमै असर पार्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?