Butwal Today

आफ्ना राजनीतिक गुरुको स्वास्थ्य स्थिति बुझन टोखा पुगे प्रचण्ड

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, ४ साउन ।

आफ्ना ‘राजनीतिक गुरु’ मोहन वैद्यको स्वास्थ्य स्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् ।

प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई उनको निवास टोखा पुगी स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा वैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुसी व्यक्त गर्दै पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरेको  प्रचण्डको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?