Butwal Today

प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमै रहनुहोस्

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं ४ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरेसम्म लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। सोही सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सावधानी अपनाउन र सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु” ।