Butwal Today

दाङमा गाडीले किचेर एकको मृत्यु  

४ श्रावण २०८२, आइतबार
अ+
अ-

दाङ,४ साउन ।

दाङमा गाडीले किचेर एक जनाको मृत्यु छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानिया रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

आइतबार बिहान करिब ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैँ गुड्न थालेपछि बानियाँलाई गाडीले किचेको प्रहरीले जनाएको छ ।

गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।