© २०२३
काठमाडौँ ।
पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूबिच दुई घण्टा ‘वान टु वान’ भेटवार्ता भएको थियो ।
भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् । उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट हुने समेत बताइन् ।
पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आज ओली र भण्डारीबिच छलफल भएको हो ।