Butwal Today

ओलीसँग वार्तापछि विद्या : राजनीतिक संवाद भयो, सदस्यता पहिल्यै नवीकरण भएको छ

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूबिच दुई घण्टा ‘वान टु वान’  भेटवार्ता भएको थियो ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् । उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट हुने समेत बताइन् ।

पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आज ओली र भण्डारीबिच छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?