Butwal Today

ओली र पूर्वराष्ट्रपति भण्डारी च्यासलमा भेट्दै

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुने भएको छ। दुवैबीच दिउँसो ३ बजे च्यासलस्थित एमाले पार्टी कार्यालयमा भेट तय भएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन्।

हिजो बसेको एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको पार्टी सदस्यता विषयमा चर्को विवाद उठेपछि त्यसलाई मिलाउने जिम्मा नेताहरूले अध्यक्ष ओलीलाई दिएका थिए। सोही विषयमा छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?