Butwal Today

नेपाल क्रिकेट संघलाई लगातार दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

४ श्रावण २०८२, आइतबार
अ+
अ-
काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड लगातार दोस्रोपटक जित्न सफल भएको छ। आईसीसीको वार्षिक कन्फरेन्समा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरेका हुन्।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपाल एसियाली क्षेत्रको विजेता हुँदै ग्लोबल फाइनलमा पुगेको थियो। उक्त समूहमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया प्रतिस्पर्धामा थिए।

क्यानले डिजिटल माध्यमबाट फ्यानहरूसँग सशक्त रूपमा सम्पर्क कायम गर्दै आएको छ, जसको अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसा गरिएको हो।