Butwal Today

नेपाल क्रिकेट संघलाई लगातार दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

४ श्रावण २०८२, आइतबार
अ+
अ-
काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड लगातार दोस्रोपटक जित्न सफल भएको छ। आईसीसीको वार्षिक कन्फरेन्समा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरेका हुन्।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपाल एसियाली क्षेत्रको विजेता हुँदै ग्लोबल फाइनलमा पुगेको थियो। उक्त समूहमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया प्रतिस्पर्धामा थिए।

क्यानले डिजिटल माध्यमबाट फ्यानहरूसँग सशक्त रूपमा सम्पर्क कायम गर्दै आएको छ, जसको अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसा गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?