Butwal Today

मेडिको फयुजन हाईब्रिड नेपालको पाँचौ पद स्थापन

४ श्रावण २०८२, आइतबार
अ+
अ-

बुटवल, ४ साउन ।

रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको पाँचौ  पद स्थापन कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका वर्ष २०२४/२०२५ का अध्यक्ष डा.बिक्रम काफलेले क्लबका वर्ष २०२५/२०२६ का अध्यक्ष डा.मन्जु गुभाजुलाई पद हस्तान्तरण गरे ।

रोटरी ईन्टरनेश्नलका पिडिजि राजेन्द्र प्रसाद ध्वजुले कार्यक्रमको उद्घाटन गर्दै समुदायका विभिन्न पेशा, ब्यवसायमा आवद्ध ब्यक्ति रोटरीमार्फत समुदायमा शिक्षा, स्वास्थ्य, पर्यावरण, सरसफाईका क्षेत्रमा परियोजना चलाउदै आएको बताए । लक्षित क्षेत्रहरुमा रोटरी फण्डको परियोजना संचालन भएको उदाहरण दिदै उनले रोटरीको मुलमर्मलाई आत्मसात गर्न सुझाव दिए ।

कार्यक्रममा क्लबका वर्ष २०२५/२०२६ का अध्यक्ष डा.मन्जु गुभाजुले ग्रामिण क्षेत्रका महिलाहरुलाई लक्षित गरि स्वास्थ्य सचेतनासंगै स्वास्थ्य शिविरहरु संचालन गर्ने प्रतिवद्धता जनाईन । महिलाको स्तन, पाठेघरको क्यान्सर, आँखा शिविर, दन्त शिविर, छात्रवृत्ति प्रदान जस्ता कार्यक्रम गर्ने उनले बताईन ।

कार्यक्रमममा क्बलका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेल क्लब स्थापनाको बारेमा प्रकाश पार्दै सामाजिक उत्तरदायित्वमा चिकित्सकहरुको भुमिकालाई समुदायमा लग्न रोटरी माध्यम भएको बताए । विश्वमै नमुना रोटरी क्लबको रूपमा रहेको रोटरी ई–क्लब अफ मेडिको फ्युजनमा विवाहित जोडीमध्ये एकजना चिकित्सक हुनु पर्ने र दुबे जना सदस्य हुन पाउने प्रावधान रहेको बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार एजाज आलम, लुम्बिनी मेडिकल कलेज प्रमुख गोपाल पोखरेल, डा.राजेन्द्र खनाल, डा. प्रकास बस्नेत, बिजय भण्डारीले सामाजिक र स्वास्थ्य क्षेत्रमा रोटरीको योगदानबारे चर्चा गरे ।

क्लबको बर्ष २०२५ /२६ का लागि आईपिपि डा.बिक्रम काफ्ले, प्रेसीडेन्ट इलेक्ट डा.बिनेश शाक्य, फस्ट भाईस प्रेसीडेन्ट डा.सुमन पौडेल, सेक्रेटरी डा .बिजय भण्डारी, ट्रेजरर एलिना शाक्य, जोइन्ट ट्रेजरर दिपा ढुंगाना, क्लब एडमिनिष्ट्रेसन चेयर गायत्री शर्मा, मेम्बरसीप चेयर रस्मिका थपलिया, पब्लिक रिलेसन चेयर डा. राजेन्द्र खनाल, सर्भिस प्रोजेक्ट चेयर डा. शाहिल भुसाल, युथ सर्भिस चेयर डा.अनुप थापा, सर्जेन्ट एट आम्स डा.अभिषेकमान बज्राचार्य र क्लब मेन्टरमा डा. प्रकाश बस्नेत रहेका छन ।