ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, हात्ती छेकबार पर्खाल निर्माण

४ श्रावण २०८२, आइतबार
४ श्रावण २०८२, आइतबार

बर्दिया, ४ साउन ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि हात्ती छेकबार पर्खाल निर्माणलाई प्राथमिकता दिएको छ । हात्ती लगायत अन्य वन्यजन्तुले स्थानीयको बाली लगायत घरपालुवा जनावरहरुलाई क्षति पुर्याइरहेकोले छेकबार पर्खाललाई निर्माणमा प्राथामिकता दिएको हो । ठाकुरबाबा नगरपालिकाले हात्ती छेकबार पर्खाल निर्माण गरेर क्षति कम गर्न प्रयास भैइरहेको छ ।

वन्यजन्तु प्रभावित क्षेत्रमा हात्ती छेकबार पर्खाल नै प्रभावकारी देखिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए । हात्ती छेकबार पर्खालले गर्दा वन्यजन्तु बस्तीतर्फ आउन नसकेकोले मानव र वन्यजन्तुबीचको द्वन्द्व हुने सम्भावनामा पनि कमि आएकोे नगर प्रमुखको अनुमान छ । छेकबारले गर्दा बाली लगायत मावन, घपालुवा जनावरहरुलाई समेत क्षति कम हुन्दै जाने उनले बताए । यो छेकबार विस्तारै वनजंगल भएको सबैतिर लगाउने कार्य हुने नगरप्रमुख लम्सालले बताए ।

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना कुमारी भट्टराईका अनुसार करिब ३२ किलोमिटर जंगलले पालिका घेरिएको छ । आर्थिक वर्ष ०८१÷८२ मा ठाकुरबाबा नगरपालिका वडा नं. १, ४ र ७ मा गरी २ हजार ३ सय ३१ मिटर हात्ती छेकबार पर्खाल निर्माण गरिएको र विभिन्न ठाउँमा गरी हालसम्म ११ किलोमिटर छेकबार पर्खाल निर्माण भइसकेको बताइन् । हामीले पालिकाको मानव वस्ती भएको सबै ठाउँहरुमा लगाउनु पर्ने छ जसबाट मानव र वन्यजन्तु विच द्वन्द्व कम हुँदै जाने छ ।

छेकबार पर्खाल लगाएपिछि वन्यजन्तुबाट हुने हानी नोक्सानी निकै कम भएको ठाकुरबाबा नगरपालिका वडा नम्वर ५ का स्थानीय खुशी राम थारुले बताए । पहिला छेकबार नहुदा हात्ती लगायत अन्य जंगली वन्यजन्तु सिधै गाउँ पस्ने गरेको हुन्थे तर छेकबार पर्खाल लगाएपछि पर्खाल सम्म आएपछि गाउँ पस्न जंगली वन्यजन्तुहरुलाई निकै गह्रो भएको देखिन्छ । पालिकाल सबै ठाँउमा छेकबार लगान निकै गह्रो हुन्छ जस कारण यस विषयमा संघ र प्रदेशले पनि यसबारे बजेट विनियोजित गर्न जरुरी रहेको स्थानीय थारुले बताए ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करिब ७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित भइसकेकोले थप ५ किलोमिटर पर्खाल निर्माण गर्नको लागि हात्ति छेकबार कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाउने रणनीति बनाइएको बताए ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले पर्खाल प्रभावकारी भएको भन्दै थप विस्तारको माग गर्दै आइरहेका छन् । बस्तीमा हात्ती पसेर पटक–पटक क्षति पु¥याएपछि पर्खाल निर्माण थालिएको हो । हाल निर्माण गरिएको क्षेत्रहरूमा वन्यजन्तुबाट हुने क्षतिमा कमी आएकोे छ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्षको निति कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ मा पालिकाले निर्माण गरेका भौतिक संरचनाहरु सम्पादन गरेका कार्यहरुको गत आर्थिक वर्षमा गरेका कार्य, लागत बजेट तथा प्रगतीको विषयमा संचारकर्मीहरुलाई जानकारी गराउनुका साथै चालु आर्थिक वर्षको लागि पालिकाले तर्जुमा गरेका योजना एवम् नीति र कार्यक्रम सम्बन्धी छलफल गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले सचारकर्मीहरुसँग प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भौतिक, सामाजिक र संस्थागत क्षेत्रमा भएको उल्लेखनीय कामको बारेमा जानकारी दिए ।

आर्थिक वर्ष २०८१÷८२ मा प्रस्ताबित बजेट ८७ करोड ९० लाख ४० हजार रुपैयाँमा ७० करोड ५१ लाख १७ हजार खर्च भई ८०।२१ प्रतिशत प्रगति भएको छ । यस्तैगरी प्राप्त विवरण अनुसार ७८ करोड ६३ लाख ६३ हजार ७८ रुपैयाँको कुल बजेटमध्ये ७० करोड ५१ लाख १७ हजार ८९३ रुपैयाँ खर्च गरिएको हो । त्यस्तै, आन्तरिक आम्दानीतर्फबाट मात्र ९ करोड ९३ लाख रुपैयाँ भन्दा बढी संकलन गरिएको मुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?