ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

अपराधको बढ्दो शृङ्खला र चुनौती 

४ श्रावण २०८२, आइतबार
४ श्रावण २०८२, आइतबार

नेपालमा पछिल्लो समय अपराधजन्य मनोवृत्ति बढ्दै गएको पछिल्ला घटनाक्रमहरूले देखाएको छ । मानिसमा बदला र आवेगको भावना यति बढेको छ कि त्यसले ठुलो मानवीय विपत्ति निम्त्याउँदै लगेको छ ।

प्युठानमा गत साता मात्रै विदेश गएका श्रीमान् स्वदेश फर्किएपछि अर्कैसँग गएकी श्रीमतीको बीभत्स तरिकाले हत्या गरे ।

बुटवलकै प्रगतिनगरमा विवाह गर्न नमानेको आवेगमा भारतीय नागरिकले एक नेपाली युवतीमाथि गोली प्रहार गरे । दाङमा छिमेकीबिच सामान्य विवाद हुँदा मृत्युको घटना भयो । यी केही उदाहरण मात्रै हुन । हरेक दिनजसो हत्या, चोरी र लूटपाटका घटनामा बृद्धि भएको छ ।

तराईका जिल्लामा अहिले अपराधका घटनाले जनजीवनमा सन्त्रासको अवस्था उत्पन्न भएको छ । केही दिनअघि पश्चिम नवलपरासीमा भएको घटनाले सबैलाई आश्चर्यचकित बनाएको बिर्सन सकिदैन् ।

विवाह नगरिदिएको निहुँमा छोरोले बाबुको विभत्स हत्या गरे । यी दर्दनाक र कहालीलाग्दो घटनामा संलग्नमाथि कारवाहीभन्दा पनि समाजलाई बदल्नेतर्फ अवको ध्यान जानु जरुरी छ । मनोसामाजिक परामर्शको आवश्यकता बढेको छ ।

योसंगै तराईका विभिन्न स्थानमा भएका यस प्रकारका अपराधजन्य घटनाले जनजीवनमा पनि गंभीर असर परेको छ । पछिल्लोपटक जुन अपराधको त्रास देखिएको छ, यस्तो अवस्था तत्काल निराकरणका लागि प्रशासन गंभीर हुनु जरुरी छ ।

अपराधका घटनासंगै चोरै र लूटपाटका घटनामा पनि बृद्धि भएको देखिएको छ । प्रहरी प्रशासन यो विषयमा अव गंभीर हुने बेला आएको छ । नेपालीका चाडपर्वपनि हाम्रो घर नजिक आएका छन् । तसर्थ यही बेला अपराधजन्य घटना बढि हुन सक्ने भएकोले सतर्कता आवश्यक छ ।

अहिलेको अवस्थामा भन्ने हो भने समाजमा दण्डहीनताको अवस्था बढ्दै गएको छ । दैनिकरूपमा घरेलु हिंसा, महिला हिंसा, बलात्कार, महिला तथा किशोरीहरूमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरू भैरहेका छन् ।

केही दिनअघि मात्रै बुटवलको प्रगतीनगर घर भएका बाबुले आफ्नै छोरीलाई यौन दुव्र्यवहार गरेको कुरा सार्वजनिक भयो । यस्ता घटनाहरू समाजमा बढेर जानु भनेको देशमा अराजकताको अवस्था उत्पन्न हुनु हो ।

मानिसमा सम्बेदनशीलता हराउँदै गएको हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । समाजमा अराजकताले प्रभुत्व जमाइरहँदा सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक, सांस्कृतिक विकृति तथा विसंगतिको पराकाष्ठा नै नाघिसकेको छ ।

अझ नेपाली समाजमा कहालीलाग्दो कुरा त के हो भने यहाँ आफ्नो धर्म–संस्कृति बिर्सेर विदेशीहरूको आडम्बर गरी रमाउने, विभिन्न सामाजिक सञ्जालहरूको दुरूपयोग गर्ने र राजनीतिक पावरका आडमा आफूलाई ठुलो ठान्ने प्रवृत्ति मौलाएको छ ।

समाजमा हुने गरेका यस्ता विविध घटना दिन–प्रतिदिन बढिरहेको अवस्थामा कतिपय घटनाहरूमा पीडकलाई सामान्य कारबाहीमै छाड्ने गरिएको छ । अपराधमा संलग्न ब्यक्तिलाई जेलबाट समय नपुग्दै कैद मिनाहा गर्दा पनि अपराधको घटना बढेका छन् ।

बुटवलमा चार महिना अघि छोडपत्र भएकी पूर्व श्रीमति र उनका दुई नाबालक छोरीको हत्याको घटना बुटवलबासीले विर्सिएका छैनन् । यो ठुलो अपराधमा संलग्नलाई छोड्दाको परिणाम हो भन्दा अत्युक्ति हुँदैन ।

अहिले यतिसम्म विकृति फैलिएको छ कि कुनै महिला मात्र नभएर कुनैपनि व्यक्ति घरबाट सकुसल बाहिर आफ्नो काम गर्नका लागि निस्केपछि घर फर्किंदा सकुसल फर्किन्छ कि फर्किंदैन भन्ने पिर लिनुपर्ने अवस्था छ ।

तथ्याँक हेर्ने हो भने पनि यौनजन्य हिंसाबाट पीडित महिलाहरूमध्ये १० प्रतिशतभन्दा कम महिला मात्र कानुनीरूपमा उपचार खोज्ने र पीडकलाई कानुनी कारबाहीको लागि कानुनी प्रक्रियामा सामेल हुने गरेको पाइन्छ ।

यसरी नेपाली समाजमा यस्ता घटना झन् तीव्ररूपमा बढ्दै गएको देखिनु भनेको कानुनको कार्यान्वयन पक्ष फितलो हुनु नै हो । यस बिषयमा राज्यको ध्यान जाओस् । अपराधजन्य घटना नियन्त्रणमा अव राज्यको ध्यान जाओस् । बढ्दो आपराधीक मनोबृत्ति नियन्त्रणमा सवैको पहल आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?