Butwal Today

गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

अहिले गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ।

ठूलो वर्षा भइरहेकाले त्यसले बाढी पहिरोको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आइतबार बिहानैदेखि कास्कीको लुम्ले र त्यस आसपासको क्षेत्रमा भारी बर्षा भइरहेको छ। त्यस क्षेत्रमा थप वर्षाको सम्भावना पनि रहेकाले स-साना खोलामासमेत आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्राधिकरणले कास्की लगायत गण्डकीका केही जिल्लामा एसएमएस पठाएर पनि सतर्कता अपनाउन नागरिकलाई अग्रह गरेको छ।