© २०२३
काठमाडौं, ४ साउन।
संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभाबाट पारित भई हाल राष्ट्रिय सभामा रहेको विधेयकमा कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी विवाद चुलिएपछि संसदीय तहमै संशोधनको माग बढेको हो।
विधेयक पारित हुँदा राज्य व्यवस्था तथा सुशासन समितिले दिएको सिफारिसभन्दा फरक प्रावधान राखिएको पाइएको थियो। गम्भीर गडबडीको आशंकामा प्रतिनिधिसभाबाट ७ सदस्यीय विशेष छानबिन समिति गठन गरिएको थियो।
नेपाली कांग्रेसका जीवन परियार संयोजक रहेको समितिमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एक प्रतिनिधि रहेका छन्। समितिले समितिका सभापति रामहरि खतिवडासँग समेत सोधपुछ गरिसकेको छ।
सत्तारुढ दलदेखि प्रतिपक्षी दलसम्मका सांसदहरूले विधेयकमा चलखेल भएको भन्दै गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्। विधेयक संशोधन र सत्यतथ्य पत्ता लगाउने प्रक्रिया जारी छ।