© २०२३
चन्द्रौटा, ४ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ मा एक पुरुषको शव फेला परेको छ । जोरमहुवा सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने गंगटे खोला नजिकै शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले शव निकै बिग्रिएको अवस्थामा फेला परेको बताए । उनका अनुसार हालसम्म मृतकको पहिचान भने खुल्न नसकेको छ्रैन । शव कुहिएको अवस्थामा भेटिएकाले पहिचान गर्न समस्या भएको छ । उनले भने, “शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।” प्रहरीका अनुसार दिउसो करिब २ बजेतिर च्याउ खोज्न गएका स्थानीयवासीहरूले सडेगलेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । शव फेला परेको स्थान वरपर कुनै परिचय खुल्ने कागजात वा अन्य वस्तुहरू फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साडेका केहि कपडाका टुक्रा र हड्डीको पहिचान गर्न परीक्षण गरी पत्ता लगाइने छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।