© २०२३
बर्दिया, ४ साउन ।
गोरु बाँधने क्रममा हान्दा बर्दियामा एक जनाको मृत्यु भएको छ । पालेको गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका वडा नम्वर ५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको हो ।
गोरु छुटेर एक किलोमिटर टाढा बसन्ता इलाका वन कार्यालयको प्राङ्गणमा पुगेको गोरुलाई डोरी लिएर बाध्न गएका थिए । उक्त स्थान घर देखि टाढा रहेकोले गोरुले हान्दा कसैले नदेखको स्थानीयले बताए ।
नजिकै बाख्रा चराउन गएका स्थानयीहरुले खलक बहादुर पल्टेको देखेर खबर गरेपछि घटना खुलेको थियो । स्थानयीहरुले देख्नु भन्दा पहिलै उनको मृत्यु भएको अनुमान गरिएको छ ।