Butwal Today

लागूऔषधसहित एक युवक पक्राउ

४ श्रावण २०८२, आइतबार
अ+
अ-

बर्दिया, ४ साउन ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२, फुटाहाबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। बाँके जिल्लाको बैजनाथ गाउँपालिका–५ निवासी १९ वर्षीय गौरव थारूलाई प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भारतबाट साइकलमार्फत नेपाल प्रवेश गरिरहेका थारूलाई शंका लागी जाँच गर्दा ब्राउनसुगर जस्तो देखिने लागूपदार्थ १ ग्राम ४ सय मिलिग्राम फेला पारेको हो।

थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।