ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन

४ श्रावण २०८२, आइतबार
४ श्रावण २०८२, आइतबार
अर्घाखाँची, ०३ साउन ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न अर्घाखाँची प्रहरी सफल भएको दाबी गरेका छन् । डिएसपी मल्लले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कानुन कार्यान्वयनका सवालमा कसैसँग सम्झौता नगरी इमानदारीपूर्वक काम गरेको बताए ।
डिएसपी मल्लका अनुसार, अर्घाखाँचीमा एक वर्षको अवधिमा आत्महत्या गरेर मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा झुन्डिएर ४९ जना र विष सेवनबाट १ जना गरी ५० जनाले आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नेहरूमा १९ देखि ३० वर्ष उमेर समूहका २५ जना, ३६ देखि ४६ वर्ष समूहका १९ जना र ६० वर्षभन्दा माथिका ६ जना रहेका छन् । आत्महत्याका प्रमुख कारणहरूमा अशिक्षा, गरिबी, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, वैदेशिक रोजगारी, मानसिक रोग, प्रेममा असफलता लगायत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीको सक्रियतामा विभिन्न मुद्दामा फरार ३१ जना प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । त्यस्तै, ३ हजार ६८ वटा सवारी कारबाहीबाट रु. ४२ लाख २८ हजार राजस्व सङ्कलन गरिएको छ । बाल विवाह, जुवा, ज्यान मार्ने उद्योग, ठगी, लागू औषध, चोरी लगायतका १६४ वटा मुद्दा दर्ता भएका मध्ये ६४ वटा मुद्दा फर्छ्यौट भएका छन् ।
यस्तै जिल्लामा गत १ वर्षमा पहिरो, हावाहुरी र आगलागीबाट ५९ घर र ३३ वटा गोठमा क्षति पुगेको छ । यस घटनाबाट ३२ वटा चौपाया मरेका छन् भने ३३ घाइते भएका छन् । अर्घाखाँची प्रहरीले १,९३१ स्थानमा जनचेतनामूलक कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी ३५ हजार ६७१ जनालाई लाभान्वित बनाएको छ ।
त्यस्तै सडकमा चालक र सहचालकका लागि आँखा परीक्षण शिविर तथा मुख्य सडकहरूमा चेतनामूलक बोर्डहरू राखिएको डिएसपी मल्लले जानकारी दिए ।
‘जनतालाई भरोसा, अपराधीलाई डर हुने ढङ्गबाट मैले काम सुरु गरेँ,’ उनले भने, ‘शान्ति, सुरक्षा र अमन चयन कायम गर्ने कुरामा कुनै पनि कसुर बाँकी नराखी काम गरेकाले अहिलेसम्म आफूलाई एक इमानदार प्रहरी अफिसरको रूपमा स्थापित गराउन सफल भएको छु ।’
सङ्गठनको भरोसा र जनताको विश्वास गुम्न नदिने गरी काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?