ट्रेंडिंग:

>> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा

४ श्रावण २०८२, आइतबार
४ श्रावण २०८२, आइतबार

सन १९८९ मा स्थापना भएको एसोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल (आम्दा नेपाल) नेपालमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको नाममा परिचित छ । आम्दा अन्तराष्ट्रिय जापानले विभिन्न देशहरूमा संचालन गरेको अध्यायमध्ये नेपालको पनि एक अध्यायको रूपमा आम्दा नेपाल संचालन गर्दै आएको छ ।

गैरनाफामूलक उद्देश्यका साथ संचालन गरिएको यो संस्थाले विशेष गरि विपन्न, सिमान्तकृत वर्गका बालबालिका, महिला लगायतको स्वास्थ्यमा सुधार ल्याउने कार्यमा तल्लिन रहेको छ । स्वास्थ्य सेवामात्रै नभएर विपन्न, सिमान्तकृत समुदायका विद्यार्थीहरूलाई लक्षित गरि सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल र आम्दा स्वास्थ्य विज्ञान संस्थानको सहकार्यमा हाल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गरिएको छ ।

सन. २०२३ मा स्थापना भएको गैर नाफामूलक आम्दा स्वास्थ्य विज्ञान संस्थान प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट मान्यता प्राप्त संस्था हो । आम्दा अस्पताल बुटवललाई थप व्यवस्थित बनाउनका लागि बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघले स्थानीय व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, आम्दा इन्टरनेशनल र आम्दा नेपालको संयुक्त सहकार्यमा शैक्षिक सत्र २०८० बाटै बुटवलको आम्दा अस्पताल कपाउण्डभित्र प्यारामेडिकल अध्ययनका लागि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन भैरहेको छ ।

हाल त्यस प्रष्ठिानमा पिसिएल नर्सिङ डिप्लोमा, फार्मेसी डिप्लोमा र जनरल मेडिसिन (एचए) डिप्लोमा गरि तीनवटा विषयका कार्यक्रमहरू संचालन गरिएको छ । स्वास्थ्य सेवा शिक्षालाई विकसित गर्दै मध्यम तथा स्तरिय स्वास्थ्य पेशामा संलग्न गराउने तथा दक्ष जनशक्ति उत्पादन गरि स्वास्थ्यकर्मीको मागलाई पूर्ति गर्ने संचालित कार्यक्रमहरूको उद्देश्य रहेको प्रतिष्ठानका पदाधिकारीहरू बताउँछन् ।

उज्ज्वल भविष्यको लागि जीवनको गुणस्तर राम्रो, दिगो शान्तिका लागि विश्वव्यापी साझेदारी भन्ने नाराका साथ संचालन गरिएको आम्दा नेपाल विश्वव्यापी शान्ति र विकास दृष्टिकोणमा अगाडि बढेको छ । शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवाको सैद्धान्तिक तथा प्रयोगात्मक सेवामार्फत विपन्न, सिमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउने अभियानमा समर्पित यस संस्थाका केहि महत्वपूर्ण विशेषताहरू भेटिन्छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) संग संम्बद्ध आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल नर्सिङ परिषद, नेपाल स्वास्थ्य व्यवसायिक परिषद र नेपाल फार्मेसी परिषदबाट मान्यता प्राप्त संस्था हो । हाल यस प्रतिष्ठानमा पिसिएल नर्सिङ डिप्लोमा ४० जना, फार्मेसी डिप्लोमा ४० जना र जनरल मेडिशिन (हेल्थ सहायक) डिप्लोमा ४० जना गरि जम्मा १२० जना अध्ययनरत विद्यार्थीहरू रहेका छन् ।

गैर नाफामूलक संस्थाबाट संचालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्ने सबै विद्यार्थीहरूको नियमित शुल्कमा २० प्रतिशत छुट गरेको देखिन्छ । यस प्रतिष्ठानले रूपन्देही जिल्लालाई प्राथमिकतामा राख्दै छिमेकी जिल्लाहरू नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी लगायत लुम्बिनी प्रदेशका सबै जिल्ल्लाहरूका किशोरी छात्राहरू र विपन्न सिमान्तकृत किशोर छात्रहरूको अध्ययनमा विशेष योगदान गरेको छ ।

माध्यमिक शिक्षा परिक्षा (एसईई) पछि प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरूको संख्या हिजोआज बढ्दै गएको छ । पढाई सकिएपछि तत्काल रोजगारीमा जान सकिने भएकाले पनि अहिले विद्यार्थीहरू प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाईन्छ ।

नेपाल सरकारले प्रत्येक सामुदायिक विद्यालयहरूमा जीवनउपयोगी शिक्षा सहितको प्राविधिक शिक्षा संचालन गर्ने नीति ल्याएपनि व्यवहारिकरूपमा सबै स्थानीय तहमा सहजरूपमा यो शिक्षा प्राप्त गर्न सकिने वातावरण भने सिर्जना हुन सकेको छैन ।

ज्ञानलाई सिपसंग सिपलाई श्रम, उत्पादन, रोजगारी र बजारसँग जोडी जीवनलाई समयमै आर्थिकरूपमा सशक्त बनाउने उद्देश्यले प्राविधिक शिक्षा रोजेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत विद्यार्थीहरूको भनाइ छ । प्रायजसोः आफ्ना अभिभावकहरू कृषि पेशामा संलग्न भएका कारण घरदेखि टाढा शहरमा वसेर पढ्नका लागि आर्थिकरूपमा निकै भार पर्ने भएकाले पनि घरपायकमा पढ्न पाएकोमा उनीहरू खुशी देखिन्छन् ।

अनमी अध्ययनपछि होस या एसईईपछि पिससएल नर्सिङ पढ्ने कहाँ होला भन्दै भौतारिरहेका बेला आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा उक्त विषय अध्ययनका लागि भर्ना खुलेको थाहा पाएपछि आफूहरूलाई राहत महसुस भएको अनुभव सुनाउँछन् ।

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीका अनुसार त्यहाँको व्यवस्थापन, शिक्षक, सिकाई विधि, प्रयोगात्मक सिकाईको सहजता, अन्य प्राविधिक कलेजमा भन्दा नियमित शुल्कमा २० प्रतिशत छुट, आरक्षण कोटा, बिपन्न जेहेन्दार विद्यार्थीको लागि आंशिक तथा पूर्णरूपमा छात्रवृत्ति लगायतका सुविधाहरू भएका कारण पनि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल विपन्न तथा मध्यम वर्गका विद्यार्थीहरूको लागि विशेष बनेको छ ।

अस्पताल र कलेजसंगै भएका कारणले यहाँ अध्ययनरत विद्यार्थीले सहजरूपमा क्लिनिकल, आधुनिक ल्याव र यि तीन विषयका कोर्ष पूरा गर्न सिटिभिटीले तोकेको शुल्क ४ लाख ६० हजार हो भने प्रतिष्ठानले ३ लाख ८० हजार मात्र शुल्क लिने गरेको छ ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत वर्षदेखि सुरु गरेको प्राविधिक शिक्षाका तीन विषयमा प्रतिष्ठानको भौतिक संरचना र शिक्षक आपूर्तिका आधारमा एक विषयमा ४० जनाका दरले जम्मा १२० जना विद्यार्थीहरूको कोटाको व्यवस्था छ तर गत वर्ष नयाँ भर्ना खुल्दै गर्दा १२० जना आवश्यकतामा करिव ८ सय जनाले फारम भरेर इन्टान्स परिक्षामा संलग्न भएका थिए ।

विद्यार्थीको यो रेसियो हेर्दा हरेक विद्यार्थी सहुलियत शुल्कमा सुविधायुक्त गुणस्तरिय प्राविधिक शिक्षा र घरपायक पर्ने कलेज खोजिरहेको प्रस्टरूपमा बुझ्न सकिन्छ । यसका लागि अस्पताल तथा प्रतिष्ठान व्यवस्थापन समितिले भौतिक पूर्वाधारमा जोड दिनुपर्ने देखिन्छ ।

यतिमात्र नभएर अहिलेको आवश्यकतालाई मध्यनजर गरि छोटो समय ३ महिनाको केयर गिभर कोर्ष पनि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको छ । यो कोर्ष लिनका लागि ८ कक्षा पास गरेको शैक्षिक योग्यता भए हुने र सिटिभिटिबाटै प्रमाणपत्र पाईने हुनाले घरमा बसेका दिदिबहिनी दाजुभाईहरू यो कार्यक्रममा सहभागी भएमा रोजगारमा जोडिन सक्ने ठूलो संभावना छ ।

प्रशासनिक व्यवस्थापनः
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियम, शिक्षण सिकाई, शान्त वातावरण र प्रयोगात्मक शिक्षाका लागि आफ्नै अस्पताल र नियमित शुल्कमा २० प्रतिशत छुट भएका कारण विद्यार्थी र अभिभावकले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यान गर्ने चाँसो राख्ने गरेको प्रशासनिक टिमको ठहर छ ।

प्राविधिक शिक्षा संचालन गर्नका लागि भौतिक संरचना प्रयाप्तमात्रामा नभएका कारण अवको तेस्रो व्याच संचालन गर्नदेखि विभिन्न चुनौतीहरू प्रतिष्ठानमा देखिएका छन् । स्थानीय व्यवस्थापन समितिमा बुटवल उपमहानगरपालिकाका प्रमुख र उपाध्यक्षमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष रहने व्यवस्था रहेको छ ।

जसले गर्दा बुटवल उपमहानगरपालिका, जापानीज दातृ संस्थासंगको सहकार्यमा प्राविधिक शिक्षा अध्ययनका लागि सुविधा सम्पन्न नयाँ भवन निर्माण गरिरहेको पाईन्छ । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित शुल्क लगायत अन्य सेवा सुविधाप्रति आकर्षित भएर अभिभावक र विद्यार्थी सबैले अलि धेरैलाई भर्ना लिईदिनुस भनेर गुनासो गरिहेको प्रशासनका कर्मचारीको भनाई छ ।

केहि टाढाका जिल्लाहरूबाट पनि विद्यार्थीहरू आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि आएका छन् । प्रशासनले उनीहरूका लागि होस्टेलको व्यवस्था यहि शैक्षिक सत्र २०८२ बाट संचालन गर्ने तयारी गरेको छ । बुटवल उपमहानगरपालिका लगायत जति संस्थाहरूको सहकार्य छ, सबै मिलेर यसै शैक्षिक सत्रदेखि ल्याव्रोटरी डिप्लोमा कार्यक्रम पनि संचालन गर्ने सोच राख्दै यसका लागि सबै प्रक्रिया अगाडि बढाईएको र स्वीकृत भए पश्चात यो कार्यक्रम पनि संचालन गर्ने तयारीमा प्रशासन छ ।

अभिभावकको गुनासोलाई सम्बोधन गर्ने गरि विद्यार्थीको कोटा बढाउने प्रक्रियासंगै भौतिक संरचनालाई व्यवस्थित गर्नतर्फ अवको ध्यान जानुपर्दछ । सिद्धार्थ महिला तथा बाल अस्पतालको स्थानीय व्यवस्थापन समितिमा बुटवल उद्योग वाणिज्य संघ उपाध्यक्ष रहने व्यवस्था छ ।

सामाजिक संस्थाबाट संचालित प्रतिष्ठान र अस्पताल दुवैका लागि प्रदेश तथा संघीय सरकारबाट भौतिक संरचनाका लागि वजेट विनियोजन गर्न निकै कठिनाई भएको छ । यसर्थ अहिले बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघले आफू सक्दो सहयोग गरेर विद्यार्थीमैत्री कक्षाकोठा ,प्रविधिमैत्री र वातावरण अनुकुलित भवन निर्माणमा लागेका छन् ।

अस्पताल र प्रतिष्ठानसंगै भएका कारण विभिन्न जातिका फूल तथा फलफूल लगाएर विरामीका कुरुवा, विद्यार्थी र सम्बन्धीत सबैजना त्यहाँ रमाउन सक्के वातावरण वनाउने लक्ष्य सहित बगैंचा व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघले जिम्मेवारी लिने भएको छ । प्यारामेडिकल कलेजको भवन निर्माणमा संघको केहि सहयोग रहेपनि यसमा स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले बढी जिम्मेवारी लिनुपर्ने आवश्यकता छ ।

बुटवल उपमहानगरपालिकाले आम्दा ईन्टरनेशनलको सहकार्यमा सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवललाई विशिष्टिकृत अस्पताल र शैक्षिक प्रतिष्ठान बनाउने गरि योजनाहरू अगाडि सारेको छ ।

हाल भईरहेको एक सय बेडमा दुई सय वेड थप गरि तीन सय वेडको अस्पताल, नयाँ क्यान्टिन, पुस्तकालय र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नयाँ भवन सहितको डिपिआर निर्माण लगभग अन्तिम चरणमा पुगेको छ । उक्त डिपिआरलाई पूर्णता दिनका लागि बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२।८३ मा ६० लाख रूपैयाँ वजेट विनियोजन गरेको छ ।

यस्तै भवन निर्माणका लागि १ करोड रूपैयाँ, हाल एचए, फार्फेसी र नर्सिङ डिप्लोमा कार्यक्रमहरू संचालन भईरहेका कक्षा कोठा मर्मतका लागि २५ लाख रूपैयाँ रकम विनियोजन गरेको छ । तत्कालको आवश्यकतालाई परिपूर्ति गर्न बुटवल उपमहानगरपालिकाले आर्थिक सहित समन्वय गरेको तर यसको दिघोपना व्यवस्थापनका लागि प्रतिष्ठान र अस्पतालको आन्तरिक स्रोतलाई बढाँउदै लैजाने र त्यहि स्रोत परिचालन गर्ने दिर्घकालिन सोचका साथ उपमहानगरपालिका अगाडि बढेको देखिन्छ ।

निष्कर्षः
स्वास्थ्य क्षेत्र, पेशा र व्यवसायमा जोडिन चाहने विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीहरूका लागि बुटवलको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान एक सेतुकोरूपमा स्थापित हुँदै गएको छ । निम्न आयस्रोत भएका अभिभावकहरू, सामुदायिक संस्थाबाट संचालित कलेज, सिटिइभिटीले तोकेभन्दा २० प्रतिशत नियमित शुल्कमा छुट, प्रयोगात्मक सिकाईका लागि कलेजसंगै अस्पताल र घरपायक लगायतका सुविधा भएका कारण आफ्ना छोराछोरीलाई त्यहिंँ पढाउन चाहन्छन् ।

शिक्षण सिकाईको गुणस्तरीयता र घर परिवारसंगै पढ्न पाउने भएकाले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थीहरूको पहिलो रोजाई बनेको छ । स्थानीय व्यवस्थापन समितिले लिएको लक्ष्य सहित प्रतिष्ठानको आन्तरिक स्रोत बढाउदै भौतिक संरचना व्यवस्थित बनाउन सके यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धि प्राविधिक शिक्षामा राहत मिल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?