Butwal Today

मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, ४ साउन ।

फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ।

निर्देशनालयले गत बिहीबार निर्वाचन आयोगलाई पत्राचार गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न आग्रह गरेको हो।

आयोगले यसअघि नै विदेशमा रहेका नेपाली नागरिकले समेत मतदान गर्न सक्ने कानुनी प्रावधानसहितको ऐन संशोधन विधेयक गृहमन्त्रालयमा पठाइसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जाननकारी दिए ।

घिमिरेका अनुसार, निर्देशनालयबाट ताकेता आएपछि आयोगले त्यसबारे गृह मन्त्रालयलाई जानकारी दिनेछ ।

सर्वोच्च अदालतले २०७४ साल चैत ७ गते विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा पूर्वाधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो। सो आदेश हालसम्म कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई पुनः ताकेता गरेको हो।