Butwal Today

सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ८ सय रुपैयाँले महँगियो

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ५ साउन ।

नेपालमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर एक लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले र शुक्रबार २ सय रुपैयाँले बढेको थियो। लगातार तेस्रो दिन पनि मूल्य बढेसँगै बजारमा सुन महँगिएको हो।

गएको वैशाख ९ गते सुनको मूल्य ऐतिहासिक रूपमा प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सर्वाधिक मूल्य हो।

यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्यमा आएको यो निरन्तर वृद्धि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण भएको व्यवसायीहरुको भनाइ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?