© 2026
काठमाडौँ,०३ साउन ।
नेकपा एमालेको पोलिटब्यूरो बैठक शनिबार पनि च्यासलस्थित पार्टी कार्यालयमा बस्दै छ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ।
शुक्रबार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि शुक्रबारसम्म लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका थिए। आज बाँकी सदस्यहरूले आफ्ना विचार राख्नेछन्।
बाँकी सदस्यहरुले बोल्ने क्रम सकिए शनिबार नै बैठक सम्पन्न हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हालको राजनीतिक परिस्थिति र विधानबारे धारणा राख्दै, राष्ट्रपति भइसकेको व्यक्तिको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नु गम्भीर विषय भएकाले उचित समयमा निर्णय लिइने बताएका थिए।