Butwal Today

एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन

३ श्रावण २०८२, शनिबार
अ+
अ-

जितपुर, ३ साउन ।

गत आर्थिक वर्ष २०८१–८२ मा कपिलवस्तु जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार ८७२ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीका अनुसार, सवारी कारबाहीबाट १ करोड ४१ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।

सर्वाधिक कारबाही ट्रक र टिप्परमा परेको छ । यस वर्गका ५ हजार ५९२ सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट ६९ लाख ९ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको हो ।

त्यसैगरी, ४ हजार १३१ मोटरसाइकलबाट ३५ लाख ९६ हजार, २ हजार ७९० जिप तथा कारबाट २४ लाख ५ सय, ५६० बसबाट ६ लाख ५ हजार ५ रुपैयाँ, ३६६ ट्याक्टरबाट ३ लाख ६६ हजार र अन्य ४३३ सवारीसाधनबाट ३ लाख ८५ हजार ५ सय रुपैयाँ जरिवाना उठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?