© २०२३
काठमान्डौँ, ०३ साउन ।
सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ । अनलाइन ठगी र मनी लाउन्डरिङमा प्रयोग बढ्दै गएपछि टेलिग्राम एप नेपालमा बन्द गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकलाई एपको पहुँच तत्काल रोक्न निर्देशन दिएको हो।
‘‘अनलाइन फ्रडको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन गरिएको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ।
