© २०२३
काठमाडौँ, ०३ साउन ।
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान आमनेसामने हुँदैछन्। खेल आज दिउँसो नेपाली समयअनुसार २:४५ बजेदेखि बंगलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा शुरु हुनेछ ।
यो दुवै टोलीको दोस्रो भेट हो। पहिलो खेलमा नेपालले भूटानलाई ६–१ ले हराएको थियो। च्याम्पियनशिपमा घरेलु टोली बंगलादेशसहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन्।
डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।
यसअघि नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो भने बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो।
अंक तालिकामा बंगलादेश १२ अंकका साथ शीर्षमा छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा छ। आज बेलुकी बंगलादेश र श्रीलङ्का भिड्नेछन्। नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।