ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व 

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

कपिलवस्तु, ०३ साउन ।

कपिलवस्तुको तौलिहवाबाट भारतीय सीमा नाका मर्यादपुर जोडिएको सुठौली भन्सारले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा २९ प्रतिशत बढी भन्सार राजश्व असुली गरेको छ ।

२०७५ साल असोज ८ गते मूल भन्सार स्तरोन्नति गरिएको सुठौली भन्सारलाई गत आर्थिक वर्षमा विभागले ८० करोड ७ लाख ७१ हजार भन्सार राजश्व असुलीको लक्ष्य दिएको थियो ।

तर भन्सार कार्यालयले तोकिएको लक्ष्य भन्दा २९ दशमलव ५४ प्रतिशत बढी भन्सार राजश्व असुल गरेको छ । सो आर्थिक वर्षमा सुठौली भन्सारले कुल १ अर्ब ३ करोड ६५ लाख ५८ हजार भन्सार राजश्व असुली गरेको छ ।

सुठौली भन्सार कार्यालयका भन्सार प्रमुख नारायण प्रसाद गैरेले गत आर्थिक वर्षको अवधिमा तोकिएको लक्ष्य भन्दा २९ प्रतिशत बढी भन्सार राजश्व असुल भएको जानकारी दिए ।

गत आर्थिक वर्षको अवधिमा मासिक तोकिएको लक्ष्यमा सबै भन्दा बढी १ सय ९० दशमलव ८८ प्रतिशत भन्सार राजश्व असार महिनामा र सबै भन्दा कम मासिक लक्ष्यको ६८ दशमलव ८४ प्रतिशत भदौ महिनामा भन्सार राजश्व असुली भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भन्सारले तोकिएको भन्सार राजश्व लक्ष्यको ३२ प्रतिशत राजश्व मात्रै असुली गर्न सकेको थियो । भन्सारमा हाल सम्म धर्म काटा नभएकाले हेबि ड्युटी जाँच पास हुन नसकेकोमा अब धर्म काटा निर्माण पुरा भए सँगै सो समस्या हट्ने प्रमुख गैरेले बताए ।

यो भन्सारको अन्तराष्ट्रियस्तरमा लोकेट गर्ने युएनएलओ कोड नभएकाले निर्यातजन्यवस्तु निर्यातमा समस्या हुदाँ भन्सार राजश्व प्रभावित भएको उनले स्पष्ट पारे ।

अहिले पनि सो भन्सारमा जाँच पासमा स्क्यानर नभएकाले प्रयोग हुन नपाएको, भन्सारको आफ्नै स्थायी यार्ड नभएको, भन्सार बिन्दु भन्दा करिब २ किलोमिटरको दुरीमा भन्सार कार्यालय रहेको, भन्सारको पुर्वाधारका लागि पर्याप्त जग्गा नभएको र नयाँ भवन निर्माणका लागी पर्याप्त जग्गाको उपलब्धता नभएको लगायतका समस्या छन् ।

सो समस्याका बिचमा पनि सुठौली भन्सार कार्यालयले गत आर्थिक वर्षको अवधिमा धर्म काटा जडान, यात्रु शाखाको व्यवस्थापन, सेवाग्राहीका लागि सहजता होस भनेर राजश्व सङ्कलन गर्दै आएको प्रभु बैङ्कको काउन्टरलाई यात्रु शाखा सँगै राखेर सञ्चालन, भन्सार यार्डका लागी जग्गा बहालमा लिएर व्यवस्थापन र बर्षौ देखी थुप्रिएका पुराना सवारी साधन तथा मालवस्तुको लिलामका प्रक्रिया सम्पन्न गरेको छ ।

जसका कारण चालु आर्थिक वर्षमा तोकिएको भन्सार राजश्व लक्ष्य बढीको भन्सार राजश्व असुलीको आधार तयार भएको प्रमुख गैरेले बताए । अघिल्लो आर्थिक वर्षमा भने मध्य अवधि सम्म क्वारेनटाइन स्थापना हुन नसक्नु, ३,४ महिना सम्मको अवधि सम्म औद्योगिक कच्चा पदार्थको आयात नहुनु लगायतका कारणले तोकिएको राजश्व लक्ष्यको तुलनामा ३२ प्रतिशत मात्रै राजश्व असुली भएको अवस्था थियो ।

गत आर्थिक वर्षमा भन्सार राजश्व वृद्धिमा क्वारेन्टाईनको स्थापना, फलफूल तरकारी सहित खाद्यान्न र औद्योगिक कच्चा पदार्थको सामाग्री आयातले राजश्व असुलीको लक्ष्य पुरा भएको देखिएको छ ।

भन्सार राजश्व बढ्नका लागि सबै भन्दा बढी सिमेन्टमा प्रयोग हुने खरानी, जिप्सम, कोईला, बिटमिन (अलकत्रा), धान तथा चामल, फलफूल र तरकारी सहितका खाद्यान्न र उपभोग्यवस्तुको आयातबाट भन्सार राजश्व असुली भएको देखिएको सुठौली भन्सारका सूचना अधिकारी नायब सुब्बा भिम बहादुर लामाले जानकारी दिए ।

सुठौली भन्सारलाई २०७५ साल असोज ८ गते मूल भन्सार स्तरोन्नति गरिएको भए पनि अझै पनि न्यूनतम पूर्वाधारको अपुग रहँदै आएको छ । त्यसै गरी भन्सार बिन्दु भन्दा भन्सार कार्यालय २ किलोमिटरको दुरीमा रहेका कारण समेत भन्सार चुहावट नियन्त्रणमा समस्या पर्दै आएको देखिन्छ ।

सुठौली भन्सारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत आर्थिक वर्षको लक्ष्यको तुलनामा ३५ प्रतिशत बढी र असुलीको तुलनामा १० प्रतिशत बढी करिब १ अर्ब १० करोड हाराहारीको भन्सार राजश्व असुलीको लक्ष्य प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?