Butwal Today

दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु

३ श्रावण २०८२, शनिबार
अ+
अ-

दाङ, ०३ साउन ।

दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा मोटरसाइकलका चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गएराति रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर चोट लागेका पुनलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो ।

तर डाक्टरले मृत घोषणा गरेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।