ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

किसानमा खुसी थप्दै प्रयोगशाला

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

नवलपरासी, ०३ साउन ।

लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा स्थापना गरेको पशु रोग अन्वेषण प्रयोगशालाले थोरै जनशक्तिमै किसानमुखी काम गरेको बताएको छ । दुई बर्ष पहिला २०८० सालदेखि उक्त प्रयोगशालाले काम शुरु गरेको थियो ।

अहिले धेरैजसो अनुसन्धान रिपोर्ट तयार गर्ने अवस्थामा आएको प्रयोगशालाका प्रमुख भरत काफ्लेले बताए । शुरु बर्षमा रेपिट रेष्ट (नमुना) संकलन गरी किटबाट पहिचान गर्ने, परजिविको परिक्षणसम्म काम भयो, उनले भने, अहिले यो वर्षदेखि हेमाटो एनाइलजर मेसिन समेत जडान गरी पशुको रक्त परिक्षण गर्ने कार्य पनि शुरु भएको छ ।

रक्त परिक्षणमा रातो रक्त कोषिका (आरविसी), श्वेत रक्त कोषिका (डब्लुविसी) र प्लेटलेट्स तथा हेमोग्लोविनको अवस्था समेत पहिचान गरी परीक्षण गर्दै आएको उनले बताए । त्यसैसरि बायो केमिस्टक एनलाईजर मेसिन जडान गरी लिभर (कलेजो), किड्नी (मिर्गौला) को अवस्था पहिचान गर्ने कार्य भइरहेको उनले बताए । यो प्रयोगशालाका लागि उपलब्धि हो ।

विगत भन्दा सेवा थपिँदै गएको छ, उनले थपे, जसरी जसरी उपकरण थपिँदै छ, त्यसैसरि सेवा विस्तार पनि हुँदै गएको छ । प्रयोगशालामा अहिले पनि यान्टिबायोटिकको सेन्सिटिभिटी कल्चर परीक्षण समेत भइरहेको उनले बताए ।

यो प्रयोगशालामा पशुमा लगाइने खोपका प्रभावकारिता परीक्षणका लागि पनि एलाईजा प्रविधिको मेसिन पनि जडान गर्न सकियो भन्ने खोपको प्रभावकारिता पनि यहीँबाट परीक्षण हुन सक्छ, उनले भने, यसलाई पनि भावी दिनमा गर्दै लैजाने योजना रहेको छ ।

यो प्रविधि जडान भएको भए, यो वर्ष प्रयोगशालाका प्राविधिकहरूले सङ्कलन गरेका २ हजार नमुना अन्य स्थान पठाउन पर्दैनथ्यो, यहीँ परीक्षण गर्न सकिन्थ्यो । त्यसै गरी भौतिक पूर्वाधार पर्याप्त भएकोले आवश्यक उपकरण र जनशक्ति थपियो भन्ने पिसिआर सम्म गरेर रोग पत्ता लगाउने कार्य गर्न सकिन्छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उक्त प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात् सञ्चालनमा आएको थियो । लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसंधान अन्वेषण गरी रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने कार्य गरिरहेको छ ।

लुम्बिनी प्रदेशको १२ वटै जिल्लाबाट नमुना सङ्कलन भएर आउने र त्यो नमुना परीक्षण गरी अन्वेषण गरिने कार्य भएको छ । एक करोड बढी लगानीमा बनेको प्रयोगशालाले पशुमा लाग्ने ब्याक्टेरिया, भाइरस, फङ्गस ९ढुसी० आदीबाट लाग्ने रोगको पत्ता लगाइने कार्य गर्दै आएको छ ।

पशुको रगत,पिसाब,दिशा आदिको परीक्षण गर्ने कार्य पनि भएको छ । नवलपरासी जिल्लामा स्थापित उक्त प्रदेश स्तरीय प्रयोगशाला लुम्बिनी प्रदेशको भए पनि नवलपरासीको सीमा भारतको उत्तर प्रदेश, विहार प्रदेश, नेपालको गण्डकी प्रदेशसँग पनि जोडिने हुँदा ती प्रदेशमा पनि लाग्ने पशुजन्य रोगको नमुना आए परीक्षण गर्न सक्छ ।

खुल्ला सीमाका कारण रोग अन्य देश र प्रदेशका रोग पनि सजिलै लुम्बिनी प्रदेशको सीमा भित्र छिर्न सक्छ । रोगको अन्वेषण बेलामै गरेर उपचारका लागि सम्बन्धित पशु अस्पताललाई जानकारी गराइदिने दायित्व यो प्रयोगशालाको रहेको छ ।

यो जिल्ला एक आफैमा विविधतापूर्ण छ,सीमा पनि तीन वटा प्रदेशले छोइन्छ । त्यो भएर पनि प्रयोगशाला उपयुक्त स्थानमा लुम्बिनी प्रदेश सरकारले राखेको उनको भनाइ थियो । पहिला नवलपरासी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय मार्फत नै राख्ने योजना अनुसार यहाँ छनौट भएको थियो ।

तर पछि कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय मार्फत रहने गरी किटान गरिएको छ । हाल चार जना कर्मचारीको दरबन्दी यो प्रयोगशालामा कायम गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?